काठमाण्डौ। भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपाल र भारतबीचको सम्बन्ध सामान्य नभएको बताएका छन्। नेपाल र भारत रोटी–बेटीको सम्बन्धमा वर्षौ देखी सँगै जोडिएको भन्दै उनले संसारको कुनै पनि तागतले पनि तोड्न नसक्ने बताएका छन्।
उनले एक भर्चुअल र्यालीमा सो कुरा बताएको भारतको सरकारी समाचार एजेन्सी प्रेस ट्रष्ट अफ इन्डिया पीटीआईले जनाएको छ। उनले लिपुलेकबाट सडक बनाएका कारण नेपालका जनतामा कुनै गलत सन्देश गएको भए त्यसलाई आपसी छलफलबाट सुल्झाउन सकिने बताएका छन्।
आफूले पशुपतिनाथलाई कहिल्यै बिर्सन नसक्ने पनि उनले बताएका छन्। भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर केहि महिना अघि नयाँ नक्सा जारी गरेपछि नेपालले त्यसप्रति आपत्ति जनाउँदा जनाउँदै पनि राजनाथ सिंहले लिपुलेक हुँदै भारत चीन जोड्ने सडक उद्घाटन गरेपछि नेपाल र भारत सम्बन्धमा विवाद बढेको छ।
अहिले नेपालले पनि लिम्पियाधुरा सहितको नक्सा जारी गरेपछि भारतले त्यसप्रति विरोध जनाएको छ। सिंहले सो भाषणका क्रममा नेपाल र भारतबीचको सम्बन्धको महत्वबारे व्याख्या गरेका छन् । सो भिडियो उनले आफ्नो ट्विटर खाताबाट सार्वजनिक गरेका हुन्।
यस्तो छ भिडियो ।
हमारे पड़ोसी देश नेपाल में इस सड़क को लेकर कुछ गलतफहमियां पैदा हुई हैं। भारत और नेपाल के बीच का जो रिश्ता है ये कोई सामान्य रिश्ता नहीं है। भारत और नेपाल का रिश्ता रोटी और बेटी का है। pic.twitter.com/99EeTaXvlW
— Rajnath Singh (मोदी का परिवार) (@rajnathsingh) June 15, 2020



