जेम्स स्मिथ प्रहरीसँग त्यति परिचित छैनन् । तर, उनले एक दिन आफ्नो छिमेकीको घर निकै रातिसम्म खुला देखेर प्रहरीलाई खबर गरे । त्यसको केही समयपछि उनले गोली चलेको आवाज सुने र २८ वर्षीया एक युवतीको शव देखे । ती युवती छिमेकीकी छोरी थिइन् र उनलाई स्ट्रेचरमा लगिँदै थियो ।

टेक्सासको फोर्ट वर्थ शहरमा बस्ने जेम्स स्मिथमा आक्रोश छ, दुःखी छन् र थाकिसकेका पनि छन् । प्रहरीको हातबाट हुने हरेक काला व्यक्तिको मृत्युले उनलाई अक्टोबरमा भएको अटाटियाना जेफर्सनको हत्याको याद दिलाउँछ, जो उनकी छिमेकीकी छोरी थिइन् ।

उनी भन्छन्, ‘म यो अपराधबोधसहित बाँचिरहेको छु । यो कुराले सधैैं मलाई पिरोल्छ ।’ उनले नै प्रहरीलाई खबर गरेर बोलाएका थिए ।

१२ अक्टोबरको रात करिब साढे २ बजे भएको थियो । जेम्स र उनका भान्जा भान्जीले उनलाई उठाए र छिमेकीको ढोका खुला रहेको र बत्ती बलिरहेको जानकारी दिए ।

त्यो घरकी घरबेटी योलान्डा कार मुटुरोगी थिइन् र उनको अवस्था गम्भीर बनेको थियो । त्यस कारण जेम्स चिन्तित थिए । त्यसैले घरमा के भइरहेको छ भन्नेबारे प्रहरीले हेरिदिने आशामा उनले खबर गरेका थिए ।

योलान्डा कार त्यो रात अस्पतालमा थिइन् र उनकी छोरी र नाति अबेर रातिसम्म भिडियो गेम खेलेर बसेकोबारे जेम्स अनभिज्ञ थिए । प्रहरी पुग्दा उनी घरअगाडि थिए ।

६ घन्टामा बाहिर आयो शव
एरोन डिन नामका प्रहरी अधिकारीले ढोकामा पुग्नेबित्तिकै बन्दुक निकाले र घरको पेटीबाट पछाडिको बगैँचामा पुगे । केही सेकेन्डपछि त्यहाँ गोली चलेको आवाज आयो ।

जेम्स भन्छन्, ‘जब गोली चल्यो, त्यसबेला मैले यिनीहरूलाई जान नदेऊ भनेको सुनेँ । शायद यही कारण उनलाई बाहिर नल्याएसम्म म घरबाहिर उभिइरहेँ ।’

गोली चलेपछि तत्कालै थप प्रहरी आए । तर, उनलाई त्यहाँ के भएको थियो भन्नेबारेमा केही बताएनन् । करिब ६ घन्टापछि अटाटियाना जेफर्सनको मृत शरीर बाहिर निकालियो ।

यी दुई परिवार विस्तारै विस्तारै चिनजान गर्दै थिए । योलान्डा कारले यो घर चार वर्षअघि किनेकी थिइन् र घर किनेकोमा धेरै खुसी थिइन् । जेम्स र उनको घर सडकको वारिपारि थियो र अन्य पाँच परिवार पनि यही क्षेत्रमा बस्दै आएका थिए ।

जेम्स भन्छन्, ‘योलान्डा कार एक मेहनती महिला थिइन् । उनको जीवनमा केही समस्या थिए तर उनले त्यसलाई पार लगाइन् र यो घर उनको जीतको ‘ट्रफी’ जस्तै थियो ।’

अटाटियाना आमा बिरामी भएका कारण घरमै बस्दै आएकी थिइन् । उनी आफ्नी आमा र ८ वर्षको दाजुको छोराको हेरचाह गर्दै मेडिकल स्कुलका लागि बचत गरिरहेकी थिइन् । उनी डाक्टर बन्न चाहन्थिन् ।

जेम्स केही दिनअघि कार दुर्घटनामा पर्दा अटाटियाना दौडिएर आएर सहयोग गरेकी थिइन् । उनी सहयोगका लागि एम्बुलेन्स नआएसम्म कारमा नै बसिन् । उनी सहयोगी स्वभावकी थिइन् ।

क्यामेरामा के देखियो ?
प्रहरीको शरीरमा राखिएको क्यामेराबाट पत्ता लाग्यो कि एरोन डिन घरको पछाडि झ्यालमा गए । त्यहाँबाट अटाटियाना थोरै देखिएकी थिइन् । एरोन डीन कराए, ‘आफ्नो हात उठाऊ !’ उनले आफ्नो बोली पूरासमेत नगरी झ्यालबाट गोली चलाए । उनले अटाटियानालाई प्रहरी भएकोसम्म बताएनन् ।

एरोन डीनले जागिरबाट बर्खास्तीमा पर्नुअघि नै राजीनामा दिए । उनलाई तत्कालै पक्राउ गरेर डिसेम्बरमा हत्या अभियोगमा मुद्दा चलाइयो । यो मुद्दाको सुनुवाइ कोरोना भाइरसको महामारीका कारण ढिला भयो ।

फोर्ट वर्थका प्रहरी प्रमुख एड क्रसले अटाटियाना जेफर्सनले किन आफ्नो ज्यान गुमाउनुपर्‍यो भन्नेसमेत आफूले बुझ्न नसकिरहेको बताएका थिए । उनी पत्रकार सम्मेलनमा समेत भावुक देखिन्थे । उनले यो घटनाले प्रहरी र जनताबीचको सम्बन्धमा नोक्सान भएको बताएका थिए ।

प्रहरीसँग विश्वास छैन
यो घटनाले जेम्स स्मिथमा प्रहरीमाथि रहेको भरोसासमेत समाप्त गरिदियो । उनी भन्छन्, ‘हाम्रो प्रहरीसँग कुनै सम्बन्ध छैन, किनकि हामी प्रहरीलाई भरोसा गर्न सक्दैनौँ । हामी उनीहरूभन्दा टाढा बसेरै ठीक गरिरहेका छौँ ।’

अब उनी प्रहरीलाई अप्ठेरो अवस्थामा पनि फोन गर्न चाहँदैनन् । हालै उनकी बहिनीले छिमेकमा गोली चलेको सुनिन् र प्रहरीलाई फोन गर्न खोजिन्, जेम्सले त्यसलाई अस्वीकार गरे ।

अमेरिकामा हरेक वर्ष हुने हत्यामा १ हजार प्रहरीको गोलीका कारण हुने गरेका छन् । यो तथ्यांक सरकारीस्तरबाट नआए पनि केही संस्था र शोधकर्ताले जारी गरेका हुन् ।

यस्तै, एउटा संस्था ‘म्यापिङ पुलिस भायलेन्स’ का अनुसार सन् २०१९ मा मारिनेमध्ये २४ प्रतिशत काला जातिका मानिसको मृत्यु प्रहरीको गोलीबाट भएको थियो, जसको अमेरिकामा १३ प्रतिशत जनसंख्या छ ।

तर यी अपराधका लागि धेरै कम सजाय हुने गर्छ । सन् २०१३ देखि २०१९ को बीचमा ‘म्यापिङ पुलिस भायलेन्स’ ले ७ हजार ५ सय घटना दर्ता गरेको छ, जसको प्रहरीको गोलीबाट मृत्यु भएको थियो । तर स्टिनसनको तथ्यांकअनुसार ७१ वटा घटनामा मात्रै आरोप लगाइयो भने २३ वटा घटनामा मात्रै दोषीमाथि कारबाही भयो ।

क्रिस्टोफर लोवीकोको प्रहरीको गाडीका पछि मृत्यु भयो । उनलाई दुई प्रहरीले पक्राउ गरेका थिए । प्रहरीको क्यामरामा देखिएअनुसार उनलाई प्रहरीले बाँधेर कारमा हालेका थिए । क्रिस्टोफरले पटकपटक आफू बिरामी रहेको र श्वाससमेत लिन नपाएको बताइरहेका थिए, तर उनलाई प्रहरीले छाडेनन् ।

१३ मिनेटपछि ड्रगको ओभरडोजका कारण क्रिस्टोफरको मृत्यु भयो । उनको अवस्था हेरेर प्रहरीले एम्बुलेन्समा सुरक्षित रूपमा लगेको भए उनको ज्यान बच्ने थियो । जनवरी २०१९ मा पाँच प्रहरीलाई निस्कासन गरियो । जसमध्ये दुई जनालाई एक वर्षपछि पुनः बहाल गरियो ।

‘यहाँ कहिल्यै खुसी हुने छैन’
अटाटियानाको अन्तिम संस्कारको दुई सातापछि उनका बाबुको हृदयाघातका कारण मृत्यु भयो । उनका दाजुलाई छोरीका मृत्युको दुःखका कारण नै बाबुको ज्यान गएकोमा शंका छैन ।

जेम्स स्मित र योलान्डा कार अमेरिकाका सफल व्यक्ति नै हुन् । एक जना पोस्टल वर्क र एक नर्स, जसले असाध्यै मेहनत गरे, पैसा बचाए, आफ्ना छोराछोरीलाई पढाए र सुन्दर घर किने ।

तर जेम्सलाई यहाँ खुसी भएर बस्न पाउनेमा शंका छ । उनी भन्छन्, ‘पटक पटक अटाटियानाको घर देख्दा त्यही रातको याद आउँछ । पूरै जीवन यो घरलाई यसरी नै देख्छु ।’

बीबीसी रिपोर्टको नेपाली अनुवाद

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah