काठमाडौं महानगरपालिकाको मेयर र उपमेयर निर्वाचित हुने दिन जति नजिकिँदै छ, महानगरपालिकाका कर्मचारी  नयाँ नेतृत्वको स्वागतमा जुटेको छ।

राष्ट्रिय सभा गृहमा मतगणकहरु मत पत्र छुट्याउने धपेडीमा रहेका बेला बाघदरबार भने मेयरको कार्यालय र फर्निसिङको चाँजो मिलाउने चटारो छ। त्यसमाथि २ वर्षअघिको भुइँचालोले बाघदरबार चिरा पारेपछि काठमाडौं महानगरपालिका भाडाको घर सरेको छ।

महानगरका कर्मचारी अहिले त्यही भाडाको कोठा सिँगारेर मेयर तथा उपमेयरको स्वागतको तयारीमा जुटेका छन्। यति मात्र होइन महानगर नेतृत्वको प्रयोगको निम्ति सवारी खरिद प्रक्रिया पनि सुरु भएको छ। काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत ईश्वरराज पौडेलका अनुसार  भाडाको कोठा रंगरोगन र फर्निसिङदेखि सवारी खरिदको प्रक्रिया सँगसँगै सुरु भएको छ। ‘बाघ दरबारमा भुइँचालोले क्षति पुर्‍याएपछि हामी अहिले सँगैको जेडिए कम्प्लेक्समा सरेका छौं, त्यही कम्प्लेक्समा मेयर तथा  उपमेयरका कार्यालयको बन्दोबस्त गरिनेछ’, पौडेलले भने, ‘कार्यालय तयार गर्न एक सातासम्म लाग्छ, गाडी खरिदका लागि अझै लामो प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ।’

पौडेलका अनुसार महानगरका मेयर र उपमेयरको आवश्यकता अनुसारको गाडी स्पेशिफिकेशन निर्धारण गरेर सम्बन्धित कम्पनीबाट कोटेशन मागेर प्रतिष्पर्धाका आधारमा खरिद गर्दा डेढ महिना लाग्न सक्छ। यही प्रक्रिया सम्बन्धित बिक्रेतासँग कोटेशन माग गर्दै सार्वजनिक विज्ञापन आह्वान गरिएको उनले जानकारी दिए।

देशको राजधानी समेत रहेको काठमाडौं महानगरका मेयर तथा उपमेयर कस्तो गाडी चढ्छन् भन्ने सबैले उत्सुकताका साथ हेरेका छन्। महानगरको मेयर र उपमेयर चढ्ने गाडीका निम्ति कुनै मापदण्ड तोकिएको छैन। यसअघि २०५४ सालमा केशव स्थापित मेयर हुँदा मर्सिडिज एसयूभी चढेका थिए।  त्यो गाडीको बजार मूल्य त्यतिबेला नै साढे एक करोड पथ्र्यो। ‘अहिले पनि कुन ब्रान्डको गाडी किन्ने र कति मूल्यसम्मको किन्ने भन्ने निर्धारण गरिएको छैन’, पौडेलले भने, ‘तोकिएको स्पेसिफिकेशनमा जुन कम्पनीले सस्तो कोटेसन ल्यायो त्यही गाडी खरिद गर्छौं।’

अर्कातिर महानगर मेयरका अतिरिक्त वडाध्यक्षहरुको निम्ति बन्दोबस्त गर्न पौडेल आफैं खटिएका छन्। सकभर उनीहरुलाई भाडाको घरमा नराख्ने र सार्वजनिक भवनमा नै राख्ने गरी व्यवस्था मिलाउन लागिएको उनले बताए। ‘अहिले जहाँ जहाँ हाम्रा वडा कार्यालय छन्, उहाँहरु त्यही बस्नुहुन्छ, नयाँ घर भाडामा लिनुपर्ने अवस्था छैन, केही व्यवस्थापन गर्नु भने पर्छ।’

केही महिनाभित्रै बाघदरबारमै प्रिफ्याबका भवनसमेत बनाउने तयारी समेत भइरहेको पौडेलले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah