राजेन्द्र गौतम

मदन हाम्रो आस्था र विश्वासको धरोहर हुनुहुन्थ्यो । उहाँका आवाजहरु बम र बारुद भएर पड्के झैं लाग्दथ्यो । शब्दहरु अक्षर भएर पढिन्थे । वाक्य र शब्द विन्यासले वैरीहरुका मुटु थर्किन्थे । मदनका पाइलाहरु क्रान्तिका पदचाप भएर अगाडि बढेको अनुभूति हुन्थ्यो । सायद लेखन, अध्ययन, वाक्य गठन र प्रस्तुतिको संगम हो, मदन । तत्कालीन सभामुख दमननाथ ढुंगानाले भनेझै–मदन ‘हि वाज एन अथोरिटी’ एउटा सुस्पष्ट दृष्टिकोण र समाधान सहितका आवाज हो मदन ।
यस्ता महामानव जननेता भण्डारी सँगका एक हजार चारसय साठी दिनका मेरा अनुभव र अनुभूतिका असंख्य तरेलीहरु छन् । सुखका, दःखका अनूभूतिका चाँङहरु खोलेर साध्य छैन । यो आलेखमा केही स्मृति पस्कन चाहन्छु ।

सायदै ०३७-०३८ सालतिर हुनुपर्छ । संखुवासभाको चैनपुर आसपास कुनै सेल्टरमा एउटा भब्य व्यक्तित्व मदन भण्डारीसँग कसिलो मुट्ठी उठाएर हात मिलाइएको रहेछ । तत्कालीन विद्यार्थी नेता केशव दाहालको डेरा, वर्तमान नगर कमिटी अध्यक्ष गोपाल श्रेष्ठको पुरानो घरमा उहाँसँगका केही छिपछिपे अनूभूति मसँग छन् । तत्कालीन मालेका संगठकहरु डिल्ली मैनाली, अशोक राई, खगेन्द्र चुडाल र घनेन्द्र बस्नेतसँग भने वाक्लै समय बिताएँ । म विद्यार्थी नेता, उहाँहरु पार्टीका नेताहरु हाम्रा अग्रज विद्यार्थी टंकबहादुर निरौला, केशव दाहाल, चेवनचन्द्र बस्नेत, पुष्पलता शाक्यहरु हाम्रो अघिल्लो पंक्तिमा उभिएर नेतृत्व गरिरहेका थिए । उहाँहरुका उत्तराधिकारी जस्तो भएर म, गोपाल थोप्रा, लालकुमार वनेम जस्ता साथीहरु उहाँहरुलाई पिछा गरिरहेका थियौं । यसरी हाम्रो पंक्ति परिर्वतनका निम्ति लामबद्ध भईरहेको थियो ।

यसै बीच टंक निरौला र केशब दाहाल सहितका अगुवा साथीहरु बिदा हुन थाल्नु भो । विद्यार्थी आन्दोलनको नेतृत्व हाम्रो काँधमा आयो । ०३९ सालमा मैले अखिलको जिल्ला अध्यक्ष बन्नुपर्ने भो । मैले त्यो जिम्मेवारी सम्हालेँ । यही क्रममा ०३९ सालदेखि ०४२ सालसम्म विद्यार्थीको जिल्ला र अञ्चलको नेतृत्व लिंदै अगाडि बढ्नु पर्ने भो । जानी–नजानी त्यो जिम्मेवारी पूरा गरेँ । अब बिस्तारै अखिलबाट बिदा भएर स्थानीय पार्टी काममा लाग्ने कुरा सोच्दै थिएँ । त्यसैलाई व्यवस्था गर्न टंक निरौला नुनढाकीतिर र म चित्लाङतिर पढाउन थाल्यौं ।

०४२ साल कात्तिकतिर निलकण्ठ (अशोक राई)को एउटा पत्र लिएर किसान साथी मलाई भेट्न आउनु भयो । मैले चिठ्ठी खोलेर हेरेँ । लेखिएको थियो– ‘क. सुधीर (राजेन्द्र गौतम) तपाईलाई पार्टीले विश्वास गरेर अनेरास्ववियुको आठौं रा.स. आयोजक कमिटीमा रहेर काम गर्ने गरी पठाइएको छ । अबदेखि तपाईंको कार्य क्षेत्र बिराटनगर केन्द्र गरी विद्यार्थी क्षेत्र हुनेछ । जिम्मेवारी पूरा गर्नुहुनेछ’ भन्ने लेखिएको रहेछ । साथमा पत्र प्राप्त गर्नासाथ बिराटनगर गएर कोसी पुस्तक पसलमा  घृत न्यौपाने मार्फत वीवीआर (मदन भण्डारी)लाई भेटेर मंसिर ६ गते २०४२ काठमाडौंमा हुने अनेरास्ववियुको बैठकमा भाग लिन जानुहुनेछ । पार्टीको यो आदेश मेरा लागि ब्रह्म वाक्य बन्यो । म घरमा सल्लाह गरेर बिराटनगरतिर लागेँ । निलकण्ठकै निर्देशन बमोजिम वर्बरिक (मदन भण्डारी)लाई भेटेँ । भेट्नासाथ सम्झना भयो, वर्बरिक त उही चैनपुरमा केशबजीको घरमा कसिलो मुठी मिलाएको साथी नै हुनुहुँदो रहेछ । त्यही दिनदेखि मदन भण्डारीसँग गुरु-चेला, नेता÷कार्यकर्ताका रुपमा मेरो सहकार्य सुरुवात भयो ।

मदनसँग केही घन्टा समय लिएर धेरै महत्वपूर्ण राजनीतिक कुराहरु भए । पार्टी भित्रको आन्तरिक विवाद, पार्टी स्वतन्त्रता र राजनैतिक स्वतन्त्रताका मामिलामा यसैबेला विवाद भए । अखिल भित्रको विवाद, कुन विद्यार्थी  नेताले के–के बोल्छ भन्ने समेत सूचना र तथ्य बोकेर म अनेरास्ववियुुको आठौं राष्ट्रिय सम्मेलनको पहिलो बैठकमा भाग लिन काठमाडौंतिर हुईंकिएँ रात्रीबसमा सरर………… ।

साथमा मदन भण्डारीको सानो पत्र थियो । रामप्रसाद ज्ञावलीलाई लेखेको त्यही पत्रको साथमा क्रान्तिका रोमाञ्चकारी सपनाहरु बुन्दै मेरो बेग रात्रीबसमा काठमाडौंतिर हुईंकियो । भोलिपल्टको विहानीसँगै भोटाहिटीस्थित लालीमा पुस्तक पसल, (उत्तम महत्त), मेरो सम्र्पक सुत्र हुनुहुन्थ्यो । त्यही पुगेँ । उहाँकै सहयोगमा आफ्नो नेता रामप्रसाद ज्ञावलीको निवासमा पुगेँ । ज्ञावलीसँग कसिलो हात मिलाउँदै बर्बरिकले  लेखेको पत्र थमाएँ । मेरै अगाडि उहाँले पत्र खोल्नु भो र सरसर्ती पढ्नु भयो, खुसी हुनुभयो । अनि फेरि हात मिलाउनु भयो र कमरेड राम्रो भयो भन्नु भयो । उहाँकी जीवन संगिनी भीमा गौतमसँग परिचय गराउनु भयो । दाजु बहिनीको सम्बन्ध गाँसियो । खाना खाएर एउटा ट्याक्सी चढेर उहाँसँगै बैठकमा भाग लिन पाटनतर्फ लागियो । बैठक अबेला गरी सुरु भयो । मलाई विराटनगरमा मदन भण्डारीले बैठकमा हुनसक्ने झाँकी जे बताउनु भएको थियो बैठकमा त्यही भयो । मदनको भविष्यवाणी देखेर म तीनछक परेँ । आखिर भयो त्यही । बैठक सकेर म बिराटनगर फर्किएँ । बैठकका सबै गतिविधि र झाँकीहरु मदनलाई रिपोर्टिङ गरेँ । उहाँ मुस्कुराउनु भयो । मलाई केही अध्ययन सामाग्री दिएर उहाँ काममा लाग्नु भयो । म पनि आफ्नो काममा लागेँ । यसरी हाम्रो राजनीतिक सहयात्रा सुरु भयो । त्यतिबेला पार्टीको काम हेर्ने केही कर्मचारी साथीहरु रामहरि खनाल, ईश्वरी लामिछाने, मजदुर फाँट हेर्ने नवराज गौतम, लालबाबु पण्डित, जेवी राई, किसान साथीहरु देवी बराल भूवनसिंह राई, शिक्षक गुरु बरालका साथ पार्टी अगाडि बढ्दै थियो । उहाँकी जीवनसंगिनी वर्तमान सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी, महिला फाँटको काम हेर्दै शिक्षण पेशामा आवद्ध हुनुहुन्थ्यो ।  अर्थात् पार्टी पंक्ति अत्यन्तै सानो  थियो । यो साँघुरो  परिवेशमा मदनको वैचारिक नेतृत्व झागिंदै थियो । उहाँको अगाडि सबै बामपुड्के देखिन्थे ।

तत्कालीन विद्यार्थी नेता नरेश पोखरेल बिदा भएर स्थानीय पार्टी काम गर्नेगरी झुर्किया फर्किसक्नु भएको थियो । अर्का विद्यार्थी नेता रकम चेमजोङले रोनाष्ट त्रिविवितिर जागिरे जीवन बिताउन लाग्नु भयो । नयाँ सिराबाट विद्यार्थी राजनीतिको नेतृत्व गनुपर्ने  अवस्था थियो । मदन हाम्रा साथमा त्यसैको चाजोपाँजो मिलाउँदै हुनुहुन्थ्यो । अनेरास्ववियुको आठौं राष्ट्रिय सम्मेलन सम्पन्न भयो । म पुन ः केन्द्रीय कमिटीमा निर्वाचित भएर कोसीको काम गर्न थालेँ । मदन भण्डारीको प्रत्यक्ष नेतृत्व थियो । टंक निरौला अञ्चल अध्यक्ष र नारायण ढकाल सचिव हुनु भयो । जीवन घिमिरे महेन्द्र क्याम्पसमा पढ्नु हुन्थ्यो । उहाँ बिराटनगर आइपुग्नु भएको थिएन । पछिबाट विद्यार्थीको कोसी अञ्चलको कोषाध्यक्ष हुनुहुन्थ्यो । विद्यार्थीको केन्द्रमा गंगा पौडेल (मोरङ) धरानमा बसेर नेतृत्व गर्नुहुन्थ्यो । हामी चारैजना विद्यार्थी क्षेत्रका पूर्णकालीन कार्यकर्ता थियौं । हामी कोसी अञ्चलभरी पैदल मारेर यात्रा गथ्र्यौं । २०४३ सालमा पार्टीले स्थानीय र राष्ट्रिय पञ्चायतको चुनावमा हस्तक्षेप (उपयोग गर्ने) नीति अगाडि सार्यो । बिराटनगर नगरपालिकाको प्रधानपञ्च (मेयर) मा धु्रवनारायण श्रेष्ठ, उपप्रधानपञ्च (उपमेयर)मा सुबोधराज प्याकुरेल र माननीय सदस्य बमबहादुर खड्का (मजदुर नेता) लाई अगाडि सार्यो ।  हामी त्यही चुनावमा होमियांै । यसै क्रममा राजविराज वीरेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत  विद्यार्थी नेता हरि बैरागी दाहाललाई संखुवासभामा जनपक्षीय उम्मेदार बनाई पार्टीले चुनावी मैदानमा उतार्यो । पञ्चायती व्यवस्था माथि चौतर्फी हमला गरियो । झापाबाट द्रोणचार्य क्षत्री, काठमाडौंबाट पद्मरत्न तुलाधर, चितवनबाट जागृतप्रसाद भेटवाल, कास्कीबाट सोमनाथ अधिकारी प्यासी, जनताको अभिमत लिएर राष्ट्रिय पंचायत सदस्य हुनु भयो । उहाँले पञ्चायती मञ्चबाटै बहुदलको माग गर्नु भो । पार्टीको यो जनपक्षीय हस्तक्षेपको नीति अगाडि सारेर मदन भण्डारीले  पार्टीभित्र अझ छुट्टै बैचारिक पहिचान बनाइसक्नु भएको थियो ।

यसैबीच अनेरास्ववियुको कोसीको क्षेत्रीय सम्मेलन सम्पन्न भयो । सम्मेलनले पुन टंक निरौलालाई अध्यक्ष र जीवन घिमिरेलाई सचिवमा चयन गर्यो । तत्कालीन सचिव नारायण दाहाल, बिराटनगरका प्रधानपञ्च ध्रुवनारायण श्रेष्ठको राजनीतिक कमिसार बनाएर उनको प्रत्येक गतिबिधिको निगरानी गर्नेगरी मदनले नगरपालिकाको काम हेर्न पठाउनु भयो । मैले भने अनेरास्ववियुका केन्द्रीय सदस्य भएर समग्र कोसीको कामको नेतृत्व गरिरहेको थिएँ । मेरो नेतृत्वमा हामी पाँचजनाको टीम नै थियो । गंगा पौडेल, टंक निरौला नारायण दाहाल र जीवन घिमिरे । हामीले समग्र अनेरास्ववियुको कामको अगुवाई गरेका थियौं । आज पनि मदन भण्डारीको त्यो दूरदर्शिता र बैचारिक नेतृत्वको प्रभावकारिता त्यति नै छ । चौबीसौं मदन–आश्रित स्मृति दिवसको अवसरमा उहाँ हरुप्रति हार्दिक श्रद्धा सुमन ।

चक्रपथबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah