काठमाडौं, ४ जेठ । संसद बैठक चलेका बेला अनुपस्थित भएका एक सयभन्दा धेरै सांसदहरूको विदा स्वीकृत भएको छ । चालु अधिवेशनको बिहीबार बसेको अन्तिम बैठकमा सभामुख ओनसरी घर्तीले सांसदहरूको विदा स्वीकृतिका लागि सदनमा पेश गरेकी हुन् ।

संसद नियमावली अनुसार दश दिनसम्म लगातार बैठकमा अनुपस्थित भएमा सांसद पद खारेज हुने व्यवस्था छ । तर, विदा स्वीकृत भएमा भने पद जाँदैन ।

बैठकमा धेरै अनुपस्थित हुनेमा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा पनि पर्छिन् । आरजु ३५ दिनसम्म लगातार संसद बैठकमा अनुपस्थित भएकी छिन् ।

त्यसैगरी उपेन्द्र यादव र गगन थापा पनि संसद बैठकमा लगातार अनुपस्थित हुने सांसदको सूचीमा पर्छन् ।

संसद बैठकमा अनुपस्थित हुने केही सांसदहरूको सूची

१. हृदयराम थानी– २२ दिन
२. तप्तबहादुर विष्ट – १४ दिन
३. दिलशोभा पुन – १७ दिन
४. दीर्घराज भाट – १५ दिन
५. तारिणीदत्त चाटौत – २६ दिन
६. धनबहादुर बुढा – १२ दिन
७. बहादुर सिंह थापा ३० दिन
८. नरेन्द्रविक्रम नेम्वाङ – १९ दिन
९. बलदेव बोहरा – १३ दिन
१०. मोहनसिंह राठौर – ११ दिन
११. भागवत नेपाली – १० दिन
१२. शारदाकुमारी विश्वकर्मा – २२ दिन
१३. अमृतलाल राजवंशी – २३ दिन
१४. प्रमिला राणा – ११ दिन
१५. गौराप्रसाद कोइराला –५२ दिन
१६. शिवकुमार मण्डल – १० दिन
१७. महालक्ष्मी डिना उपाध्याय – ११ दिन
१८. एकनाथ ढकाल – २८ दिन
१९ . सीता गिरी ओली – १० दिन
२०. डा.चन्द्रमोहन यादव – २७ दिन
२१ दलबहादुर सुनार – १० दिन
२२. विश्वेन्द्र पासवान – ८४ दिन
२३. जनकराज जोशी – १५ दिन
२४. सुशीलकुमार श्रेष्ठ – ११ दिन
२५. सुधिरकुमार सिवाकोटी – ११ दिन
२६. अतहरकमाल मुसलमान – १४ दिन
२७. अनारकली मियाँ – १० दिन
२८. अभिषेकप्रताप शाह – २३ दिन
२९. अमर सिंह पुन – २१ दिन
३०. आरजु राणा देउवा – ३५ दिन
३१. आशा चतुर्वेदी – १० दिन
३२. इन्द्र झा – १० दिन
३३. उपेन्द्र यादव – ४६
३४. उर्मिलादेवी साह – १३ दिन
३५. कमल थापा – ११ दिन
३६. कमलेश्वर पुरी गोश्वामी – १५ दिन
३७. काशिम आली सिद्धिकी – २१ दिन
३८. केदारनन्दन चौधरी – ११ दिन
३९. गगन थापा – ३६ दिन
४०. गीता वाग्ले – १२ दिन
४१. गौरीकुमारी ओली – १२ दिन
४२. चन्द्रेश्वर झा – १७ दिन
४३. चन्द्रबहादुर गुरुङ – १३ दिन
४४. छायाँ शर्मा पन्त – १० दिन
४५. जनार्दन शर्मा – १० दिन
४६. जुनेत निषाद धुनिक – १३ दिन
४७. जयन्त चन्द – ११ दिन
४८. जीवनकुमारी घिमिरे – ११
४९. जंगीलाल राय – २२ दिन
५०. बिखबहादुर लिम्बु – १५ दिन
५१. डिल्लीबहादुर चौधरी – २८ दिन
५२. तरादेवी राई – १० दिन
५३. तेजकुमारी पौडेल – २८ दिन
५४. दिनेशप्रसाद यादव – ११ दिन
५५. दिनेश श्रेष्ठ – १०
५६. दीपक बोहरा – २२ दिन
५७. नगेन्द्रकुमार कुमाल – १० दिन
५८. नरबहादुर चन्द – १२ दिन
५९. नरहरि आचार्य ८७ दिन (बिरामी भएको)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah