४ जेठ– स्थानीय तहको पहिलो चणको निर्वाचनको अहिलेसम्मको नतिजामा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अग्रस्थानमा देखिएको छ । एमालेलाई पछ्याउँदै सत्तारुढ दल नेपाली कांग्रेसले नतिजा हासिल गरेको छ ।
यति नतिजा पनि कांग्रेस र माओवादीले जनताको मन जितेर होइन आचार संहिता उल्लंघन र सत्ताको चरम दुरुपयोगबाट मात्रै हासिल गरेको देखिन्छ । निर्वाचन आचार संहिता उल्लंघनका विषयमा त कुरै गर्नु परेन । चुनाव घोषणा भइसकेपछि ब्याकडेटमा मन्त्रिपरिषदबाट अर्वाैं रकम निकालेर चुनावका लागि बाँड्ने छुट कांग्रेस र माओवादीले पायो ।
प्रतिपक्षी दलसँग एक्लै चुनाव लड्न हिम्मत नगरेपछि कांग्रेस र माओवादीले देशका अधिकांश भागमा तालमेल पनि गरे । निर्वाचनको अघिल्लो दिन पनि मतदाता प्रभावित पार्न खटिएका मन्त्रीको भिडियो सार्वजनिक भयो । ग्रामीण इलाका जहाँ कांग्रेस र माओवादीले चुनावी नतिजा हासिल गरेका छन् त्यहाँ निर्वाचनको अघिल्लो दिन पैसा बाँड्ने र एमालेका स्थानीय नेतालाई पार्टी त्याग गरेको घोषणा गराउने अभियान नै चलाइयो ।
त्यति गर्दा पनि कांग्रेस र माओवादी चुनावी नतिजामा आफू पछाडि परिनेमा विश्वस्त थिए । त्यसैले निर्वाचनका दिनमा मतदान केन्द्रहरुमा प्रशासनिक दुरुपयोग गरेर फर्जी मतदातालाई मत खसाल्न लैजाने संयन्त्र नै बनाए । त्यतिले पनि पुगेन, केही जिल्लाका केही मतदान केन्द्रमा प्रहरी प्रशासन र कांग्रेस माओवादीको बुथ कब्जा गर्ने संयन्त्र नै बन्यो । यसका लागि कांग्रेस र माओवादीले दोलखामा आफू अनुकुलका सीडीओ र डीएसपी समेत फेरेका थिए । दुई महिना अघिसम्म गृहमन्त्री बिमलेन्द्र निधिको प्रमुख निजी सचिवका रुपमा कार्यरत यज्ञराज बोहोरालाई दोलखाको सीडीओ बनाइएको थियो भने प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख अंगरक्षक रहेका डीएसपी रवीन कार्कीलाई जिल्ला प्रहरी प्रमुखका रुपमा दोलखा खटाइएको थियो ।
कांग्रेस र माओवादीले जिल्लाका सबै तहमा तालमेल गरेको दोलखामा जिल्लामा चुनाव जित्न यति तारतम्य मिलाउँदा पनि विश्वस्त हुन नसकेपछि प्रशासन, कांग्रेस र माओवादीले बुथ कब्जा गरेको थियो । समाचारसँगै राखिएको भिडियोमा मतदातालाई मतदान केन्द्रसम्म आउन नदिन कांग्रेस माओवादी कार्यकर्ता र प्रहरी प्रयोग गरेको देखिन्छ । सत्तारुढ दलका केही कार्यकर्ता मतपत्रमा छाप लगाउने, पट्याउने र बाकसमा हाल्ने काममा सक्रिय देखिन्छ । भिडियोमा प्रष्ट देखिन्छ– कांग्रेस र माओवादीले कसरी बुथ कब्जा गरेका थिए ।
भिडियो हेर्नुहोस्:
दोश्रो भिडियो हेर्नुहोस्:
- चक्रपथ बाट साभार



