भरतपुर महानगरपालिका–२५ मा गोली प्रहार गरी घाइते बनाएर लुटपाट गरिएको छ।  अपरिचित समूहले गङ्गाराम महतोमाथि गोली प्रहार गरी घरबाट लुटपाट गरेकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जाकारी दिए।

लुटेरा समूहले उनकी आमा ५६ वर्षीया आशा साहुनी महतो, बहिनी २५ वर्षीया रामकुमारी महतोको टाउकामा धारिलो हतियार प्रयोग गरी घाइते बनाइएको छ। हारगुहार गरेपछि हेर्न पुगेका छिमेकी ६० वर्षीय साहुराम महतोलाई पनि उनीहरुले कुटपिट गरेका छन्।

उनीहरुलाई कुटपिट गरी घरमा रहेको  एक लाख ५० हजार, दुई थान सिक्री, एक थान आैंठी, एक थान बाला, एक थान मङ्गलसुत्र र चारवटा मोबाइल लुटेराले लगेको थापाले बताए।

घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। गङ्गारामको टाउकाबाट कटुवा पेस्तोलको गोली झिकिएको छ भने आमा साहुनीको टाउकामा रगत जमेको प्रहरीले जनाएको छ। अन्यको अवस्था खतरामुक्त रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah