झापाको दमकको पाथिभरा चलचित्र मन्दिरमा नयाँ चलचित्र डायरी शुक्रबारदेखि लागेको छ । एकैसाथ देशभरका फिल्महलहरुमा चलचित्रको रिलिज हुने क्रममा यहाँ पनि भएको हो । देशभरका करिब ६० वटा हलहरुमा एकसाथ चलचित्र लागेको र पहिलो दिनको ब्यापार उत्साह जनक नै रहेको निर्माताको भनाइ छ । चर्चित नायिका रेखा थापालाई पहिलो पटक खलपात्रको भूमिकामा यस चलचित्रमा देखाईएको छ ।  चलचित्रमा छुल्ठिम गुरुङ र नव–नायक सन्नी सिंहको मुख्य भूमिका रहेको छ ।

अनिल योञ्जनले निर्देशन गरेको यो चलचित्र बदलाको कथामा आधारित रहेर बनेको छ । एफडी कम्पनी तथा दमक पाथिभरा चलचित्र मन्दिरका सञ्चालक चैतन्य बरालका अनुसार देशभर ६५ र पूर्वमा १५ वटा हलहरुमा यो चलचित्र एकसाथ रिलिज भएको हो । शिवराम श्रेष्ठको छायांकन, राजकुमार उप्रेतीको एक्सन, छेतन गुरुङको कथा रहेको चलचित्र राम्रो रहेको बरालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah