निर्वाचन अधिकृतले एमाले जिताउन धाँधली गरेको भन्दै भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ  । धाँधली भएको आरोपसहित काँग्रेस, माओवादी केन्द्र र राप्रपाले मतगणना बहिस्कार गरेका हुन् । ती दलका प्रतिनिधि मत गणनास्थल छाडेर बाहिरिएपछि भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ ।

नेकपा एमालेका उम्मेदवार देबीप्रसाद ज्ञवालीलेले जित्ने र प्रचण्डपूत्री रेणु दाहालले हार्ने निश्चित जस्तो देखेपछि माओबादी केन्द्र, काँग्रेस र राप्रपाले मतदान बहिरष्कार गरेकाहुन् । काँग्रेसको उपमेयरमा समेत कम मत आएपछि काँग्रेस पनि आश्चर्य चकित बनेको थियो । निर्वाचन अधिकृतले धाधलि गरेर एमालेलाइ जिताउन खाजेको उनिहरुको आरोप छ ।

मतगणना स्थलबाट बाहिरिएर ती दलले पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलनमा ती दलका नेताले निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको राजीनामा मागेका छन् । पत्रकार सम्मेलनमा बोल्दै काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले न्यौपानेले धाँधली गर्न खोजेकाले राजीनामा दिनुपर्ने बताए । ‘मतगणना स्थलमा गणकले गरेको टिपोट र निर्वाचन अधिकृतले कम्प्युटरमा इन्ट्री गरेर प्रिन्ट गरेको रिपोर्ट फरक देखियो ।’

भरतपुरका वडा नम्बर ४, वडा नम्बर ७ र वडा नम्बर ९ को मत परिणाममा फरक परेको बताए ।  वडा नम्बर ४ को मतपरिणाममा सुरुमा काँग्रेस उम्मेदवार विजयी घोषणा गरिएको थियो । तर, लगत्तै मतदान अधिकृतले उमालेलाई विजयी घोषणा गरिदिए । विजय जुलुस सुरु गर्न जम्मा भएका काँग्रेस कार्यकर्ता आक्रोशित भए । सात नम्बर वडामा पनि गणनामा बसेका उम्मेदवारका प्रतिनिधिभन्दा मतदान अधिकृतले कम्प्युटरमा राखेको डाटा फरक परेको देखिएको छ । यस्तै नौ नम्बर वडाको मतपरिणाममा समेत धाँधली भएको सभापति श्रेष्ठले आरोप लगाए । नौ वटा वडाको मतगणना सकिँदा मेयरमा एमालेले पुनः अग्रता लिएको थियो ।

एमाले उम्मेदवार देबी ज्ञवालीले १५ हजार १ सय ५५ र माओवादी उम्मेदवार रेणु दाहालको १४ हजार ८ सय ९ मत घोषणा गरिएको छ । पत्रकार सम्मेलनमा माओवादीका चितवन इन्चार्ज घनश्याम दाहालले ज्ञवालीको भन्दा रेणुको ५ सय मत बढी हुनुपर्नेमा उल्टै ३ सयले पछि पारिएको आरोप लगाए । दाहालले मतदान अधिकृतले धाँधली नगर्ने प्रतिबद्धता नजनाएसम्म पुनः मतगणना हुन नसक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah