बिष्णुप्रसाद पोखरेल

दमक/ नेपाली काँग्ेसका साँसद तथा महिला नेतृ महेन्द्रकुमारी सुब्बा बोल्दाबोल्दै भावुक भएर आँशु झारिन् । रातो न पीरो भएर भावुक हुदै आशु झादै कार्यक्रममा सहभागिहरु पनि भावुक भए । सन्दर्भ रहेको थियो मुगाधन कृष्णकुमारी स्मृति प्रतिष्ठान मार्फत करिब एक महिनाअघि गोबरगोठबाट एक सुष्त मनिष्थिति भएकी सुत्केरी महिला उद्धार भएको थियो ।

बलात्कृत ति महिलाको कोखबाट जन्मेकी शिशुको भरणपोषण सहितको यो परिवारका ब्यवस्थापनका लागि बेलायतमा रहनु भएका मास्टर राष्ट्र राइले सहयोग जुटाउने क्रममा आफूले बनाएको चित्र फेसबुकमा बिक्रिका लागि राख्दा ५० हजारमा बिकेको थियो । त्यहि रकम झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीमार्फत पीडित परिवारलाइ प्रदान गर्ने क्रममा बोल्दाबोल्दै साँसद सुब्बा रोइकी हुन् ।

उनले बुबाआमाको सपना गरिब र दिनदुखिहरुलाइ सेवा गर्नुपर्छ भन्ने रहेको सुनाइन् । आज त्यो काम गर्ने क्रममा बुबाआमालाइ सम्झेर साँसद सुब्बा रोएकी थिइन् । बुबाआमाको सपना अनुसार आफू काम गर्ने भन्दै उनले दुबै आँखाबाट आँशु झारिन् र कार्यक्रममा सहभागितहरु भावबिह्ल बनाइन् ।

सुष्तमनिष्थिति भएकी सुत्केरी महिलालाइ राजधानीको एक स्याहायर केन्द्रमा र शिशुलाइ हजुरआमाको जिम्मामा ३ महिना काठमण्डौमा राखेर हवाइजहाज मार्फत भोजपुर पुर्याउने साँसद राइले जनाइन् । उक्त पीडित परिवारको घर भोजपुरको बिकट गाँउमा रहेको छ । भोजपुरबाट दमक ल्याएर दमकको आम्दा अस्पतालमा शिशु र महिलाको उद्धार गरिएको थियो ।

डा. नबिन ढकाल र डा. प्रकाश शर्माले जोखिम मोलेर उद्धार गरेका थिए । सवाल नेपाल अनलाइन र सवालनेपाल यूट्युजव टिभिमा यस बिषयमा आएको खोजमूलक समचारले बेलायतमा राष्ट्र राइ र मुगाधन कृष्णकुमारी राइ स्मृती प्रतिष्ठानको ध्यान गएर उद्धार भएको थियो । प्रारम्भिक चरणमा दमकका युवा ब्यवसायि नबिनकुमार अग्रवालले राहत स्वरुप एकमहिनाका लागि पर्याप्त सबै प्रकारका खाद्य सामाग्रिहरु उपलब्ध गराएका थिए । चाँदनी बस्नेतले बच्चाको हेरचाह र लत्ताकपडा ब्यवस्था मिलाएकी थिइन् ।

प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री सहित सम्पूर्ण बक्ताहरुले साँसद सुब्बा, राष्ट्र राइ र प्रतिष्ठानले गरेको काम अत्यन्त सम्मानजनक रहेको भन्दै खुलेर प्रशंशा गरेका थिए । सवाल नेपालमा आएको समचार र भिडियो हेरेपछि दमकको एक गोबरगोठमा राखिएकी शिशु सहितकी सुत्केरी महिलालाइ साँसद सुब्बाले घरमा नै ल्याएर राखेकीछन् ।

उद्धारको भिडियो हेर्नुहोस

https://www.youtube.com/watch?v=UjlL6i9tW4I

https://www.youtube.com/watch?v=FUXrR2eE128&t=258s

https://www.youtube.com/watch?v=7mY_DJlmDeg&t=25s

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah