रोल्पा । चुनावको मुखमा रोल्पाको लागि छुट्याएको बजेट सरकारले कटौती गरेको छ ।

फागुन ६ गते रोल्पा महोत्सवमा पुगेर प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री कृष्णबहादुर महराले घोषणा गरेको १५ करोड सडक बजेट कटौती गरिएको हो ।

लिवाङ, माडीचौर, जिनाबाङसम्मको साढे ७२ किलोमिटर सडक योजनाको १५ करोड कटौती गरिएको हो । बहुवर्षीय उक्त योजनाको लागि सडक विभागलाई पत्र पठाउन छोडेर अर्थमन्त्रालयले योजना नै कटाएको बताइएको छ ।

प्रधानमन्त्रीले रोल्पा महोत्सव उद्घाटन कार्यक्रममा १ सय १३ सडक निर्माणका लागि ४२ करोड रकम छुट्याइएको मञ्चबाटै घोषणा गरेका थिए।

उक्त ४२ करोड लागतको सडक निर्माण योजना अन्तगर्त ‘लिवाङ –माडीचौर -जिनाबाङ सडक रोल्पा’ योजनाको लागि मात्रै १५ करोड बजेट छुट्टयाइएको थियो। बहुबर्सिय सम्भावित रणनैतिक सडकको बजेट उप शिर्षक नम्बर ३३७३३५-४ मा बजेट छुट्याइ डिटेल सर्बे समेत भइसकेको थियो।

लिवाङ देखि जिनाबाङसम्मको सडक बाटोमा राजनीतिक चलखेल र चुनावका कारण कटौती भएको छ। सडक योजना कटौती भएसँगै स्थानीय अाक्रोसित भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah