केहि दिन अघि झापाको दमकबाट नियोजित रुपमा घूस सहित पक्राउ गराइएका नापी कार्यालयका सर्वेक्षक बिनोदकुमार मण्डलमाथि अन्याय भएको बताउदै दमकका केहि नाम चलेका जग्गा ब्यवासायि र राजनीतिक दलहरु लागि परेको बताइएको छ । उनिहरु सकेसम्म जेल हाल्नबाट रोक्न तथा कार्वाही हुनबाट जोगाउने उपायको खोजि गर्न अख्तियारदेखि लिएर राम्रा वकिलहरुसम्म पुगेको श्रोतको भनाइ रहेको छ ।

घूस सहित पक्राउ परेका मण्डल लामो समयदेखि दमकमा नै रहेकाले उनको यहाँ राजनीतिक पहुँच राम्रो रहेको छ । चन्दा तथा कतिपय पार्टी नेताहरुलाइ राम्रै सेवा गर्दै आएका थिए । जानजान ट्रयापमा पारेर मण्डललाइ फसाइएकाले उनलाइ कार्वाही गर्नबाट जोगाउनका लागि सरकार एकजना मन्त्री र अख्तियारसम्म दमकको एक टोली पुगेको सकेको सम्बद्ध श्रोतको भनाइ रहेको छ । उक्त  घूस रकम अख्तियारबाटै ब्यवस्था भएको र अख्तियारलै पक्रेकाले कार्वाही नहुने सम्भावाना अत्यन्न कम भएको श्रोतको भनाइ छ ।

दमक र कमल गाँउपालिकाको प्लटिङको जग्गा मिलाउनका लागि मण्डलाइ अख्तियारसंग समन्वय गरेर सेवाग्राहिले घूस ख्वाएका थिए । मण्डलले हातमा पैसा समाइसक्दा अख्तियारको टोलीले झ्याप्प पक्रदामात्र मण्डल झस्किएका थिए । मण्डलले यसभन्दा अगाडि पैसा नखाइ केहि नगर्ने गरेको भन्दै अहिले सर्वसाधरण नागरिकले आक्रोश पोखिरहेकाछन् ।

मालपोत र नापी कार्यालयमा दिनदाहाडै तथा खुलमखुल्ला घूस लिने कार्य अहिले रोकिएको छ । मण्डल पक्राउ परेपछि कर्मचारीहरुको सातोपुत्लो गएको र अहिले घूस लिन डराउने गरेको बताइन्छ । मालपोत र नापी कार्यालयमा भित्रै घूसको लेनदेन हुदै आएको थियो । सेवाग्राहिका अनुसार यि कार्यालयहरुमा घूस नख्वाइ काम नै हुदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah