आज मुलुकभर कहाँ के भयो ? मृत्यु तथा घाइतेहरुको नाम ठेगाना सहित नेपाल प्रहरीको सहयोगमा रिपोट

सवारी दुर्घटनामा मृत्यु तथा घाइते
काठमाडौं –
टोखा नगरपालिका–८ बानियाटार जालपाचोकस्थित सनराईज बैंक अगाडि सडकमा बा.२ ख ५७३० नम्बरको मिनीट्रकले शनिबार ठक्कर दिँदा सोही ठाउँमा डेरा गरी बस्ने तनहुँ ब्यास नगरपालिका–९ का ४५ वर्षीय पैदलयात्री ऋषिराम पण्डितको घट्नास्थलमै मृत्यु भएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ ।

भक्तपुर – चागुँनारायण नगरपालिका–९ ताथलीस्थित हनुमान इँटाभट्टामा बा.२ क १०३३ नम्बरको ट्रिफरमा डोजरले माटो लोड गर्ने क्रममा शनिबार डोजरको ठक्करबाट गम्भीर घाइते भएका सोही इँटाभट्टामा काम गर्ने गुल्मी भुरकोटका २० वर्षीय गौतम विकको युवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा मृत्यु भएको छ । डोजरका सहचालक अर्घाखाँची हर्सपुर–६ का २० वर्षीय धनबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुपाल्चोक – मेलम्ची नगरपालिका–९ पिपलटारमा बा.२ ख ३१२२ नम्बरको मिनीट्रक शनिबार उकालो जाने क्रममा अचानक ब्याक भई पल्टन जाँदा भएको दुर्घटनामा ट्रकमा सवार डबलिङ बस्ने ५० वर्षीया दिलमाया तामाङको घटनास्थलमै मृत्यु भएको छ । चालक फरार भएकोले खोजी कार्य जारी रहेको छ ।

रौतहट – गरुडा नगरपालिका–६ शिवनगर चोकमा ना.३ त ६६७० नम्बरको ट्याक्टरले शनिबार ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने साइकलयात्री ४५ वर्षीय रामसेवक रायको ओम हेल्थ केयर प्रालि शिवनगरमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारा – सिमरा उपमहानगरपालिका–१ स्थित आदावारको जंगलमा काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरको ना. ७ ख १६४१ नम्बरको बस शनिबार दुर्घटना हुँदा बसमा सवार ३६ जनामध्ये धनुषा, तारापट्टी सिर्सिया–३ बस्ने ३२ वर्षीया किरणदेबी शाह र महोत्तरी, रौतली–६ बस्ने ४५ वर्षीय बल्ला यादवको बसले च्यापिएर घटनास्थलमै मृत्यु भएको छ । अन्य २५ जना यात्रु घाइते भएकोले उपचारको लागि तराई सिमरा अस्पताल सिमरामा लगिएकोमा गम्भीर अवस्थामा रहेका ४ जनालाई थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंज पठाइएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिराहा – गोलबजार नगरपालिका–१ गाँगन पुलस्थित पूर्ब–पश्चिम लोकमार्गमा लु.१ ख ६८९५ नम्बरको यात्रुबाहक बसले शनिबार अचानक ठक्कर दिँदा पैदलयात्री हाल नाम, थर, वतन नखुलेकी करीव ३० वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सिराहा, लहान नगरपालिका–१२ स्थित लोकमार्गमा स.६ प ६१७ नम्बरको मोटरसाइकललाई हाल नम्बर खुल्न नसकेको सवारी साधनले शनिबार ठक्कर दिँदा मोटरसाइकलमा सवार नाम, थर, वतन नखुलेका पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सिरहा, धनगढीमाई नगरपालिका–१ बस्ने ३२ वर्षीय सन्तोष चौधरीलाई सप्तऋषि अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिराटनगर न्युरो रिफर गरिएको छ ।

यसैगरी सिराहा, कर्जन्हा गाउँपालिका–२ स्थित भित्री सडकमा अल्फाबेट नखुलेको ८६६१ नम्बरको मोटरसाइकलले शुक्रबार ठक्कर दिँदा घाइते भएका पैदलयात्री सोही गाउँपालिका–३ बस्ने १०५ वर्षीय देवलाल साहको फुलकुमारी मेमोरियल अस्पताल कर्जन्हामा सामान्य उपचार पश्चात घरमा ल्याएकोमा शनिबार मृत्यु भएको छ । ठक्कर दिने मोटरसाइकलको खोजी भइरहेको छ ।
पाँचथर – फाल्गुनन्द गाउँपालिका–३ गुम्बाडाँडास्थित मेची राजमार्गमा ना.३ ख ३४८६ नम्बरको ट्रक शनिबार दुर्घटना हुँदा ट्रक चालक झापा, शनिअर्जुन नगरपालिका–११ बुट्टाबारी बस्ने ३५ वर्षीय सुमन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ । ट्रक पुर्णरुपमा क्षति भएको छ ।

ताप्लेजुङ – श्रीजङगा गाउँपालिका–२ हप्पुखोला–सिनाम सडक खण्डमा ना.४ ख ७४१४ नम्बरको बस शुक्रबार आँफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका चालकसमेत २२ जनालाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर पठाएकोमा सोही ठाउँ बस्ने ४२ वर्षीया मुगावती तामाङको उपचारको क्रममा मृत्यु भएको छ ।  घाइतेमध्ये १ जनाको अबस्था गम्भीर र २० जनाको सामान्य रहेको छ ।

नवलपरासी – गैंडाकोट नगरपालिका–१० हर्कपुरस्थित महेन्द्र राजमार्गमा ना.१९ प ३७१६ नम्बरको मोटरसाइकलले शुक्रबार ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री सोही नगरपालिका–१२ बस्ने ४७ वर्षीया नरेश्चर सुवेदीको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल चालक सोही नगरपालिका–८ कालिका चोक बस्ने २१ वर्षीय संतोष पासी र मोटरसाइकलमा सवार सोही ठाउँका ३२ वर्षीय  कृष्ण गुरुङ सामान्य घाइते भएकोले प्रहरीको निग्रानीमा सोही मेडिकल कलेजमा उपचार भइरहको छ ।

सप्तरी – कंचनरुप नगरपालिका–११ स्थित पुर्व–पश्चिम राजमार्गको मौली पुलमा ना.३३ प ४१२२ नम्बरको मोटरसाइकल शुक्रबार अनियन्त्रित भई पुलको पिलरमा ठोकिई दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक ईलाका प्रहरी कार्यालय महुलीमा कार्यरत म्यादी प्रहरी सप्तरी कृष्णसबरण गाउँपालिका–३ बस्ने २६ वर्षीय मिननारायण चौधरीको उपचारको लागि सगरमाथा अस्पताल राजबिराजतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।

मोटरसाइकलमा  सवार प्रहरी चौकी पकरीमा कार्यरत म्यादी प्रहरी सोही गाउँपालिका–१ बस्ने २३ वर्षीय रगुनन्दन चौधरी गम्भीर घाइते भएकोले स्थानिय धर्मेश्वर अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिराटनगर नोबेल अस्पताल रिफर गरिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट उद्धार कार्य एवं थप आवश्यक अनुसन्धान भइरहेको छ ।

बालुवाको ढिस्कोले पुरिएर मृत्यु 

धादिङ – सिद्धलेक गाउँपालिका–७ अमनटारस्थित देबी नेपालको जग्गामा ट्याक्टरमा बालुवा लोड गर्ने क्रममा माथिबाट अचानक बालुवाको ढिस्को खस्दा पुरिँदा ना.५ त ६०७४ नम्बरको ट्रयाक्टरमा लेबर काम गर्ने बेनीघाट रोराङ गाउँपालिका–५ चरौदी बस्ने २० वर्षीय राजेश बिकको शुक्रबार मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

 लडेर मृत्यु 

जाजरकोट – भानुभक्त माबि खालचौर लहरका शिक्षक त्रिबेणी नगरपालिका–४ खटेरी पिपलचौर बस्ने ४१ वर्षीय मानबहादुर वलीको स्थानीय खालचौरबाट घर फर्किने क्रममा बाटोदेखि करीव ७५ मिटर तल लडेर शनिबार  मृत्यु भएको छ ।
म्याग्दी – मालिका गाउँपालिका–५ जुब्जा भन्ने स्थानमा धवलागिरी गाउँपालिका–७ ताकम बस्ने ४० वर्षीय तुलबहादुर थापा बाटो हिड्ने क्रममा चिप्लिएर भिरबाट लडदा शुक्रबार मृत्यु भएको छ ।

 करेन्ट लागेर मृत्यु 
ईलाम – देउमाई नगरपालिका–५ स्थित पुलामी चोकमा बिद्युत मर्मत गर्ने क्रममा शुक्रबार अचानक करेन्ट लाग्दा पोलबाट लडेर गम्भीर घाइते भएका देउमाई–७ बस्ने नेपाल बिद्युत प्राधिकरण मंगलबारेका कर्मचारी ४० वर्षीय दाताराम पौडेलको उपचारको लागि स्वास्थ्य चौकी मंगलबारेतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

 चट्याङ लागेर मृत्यु 
कञ्चनपुर – पुनर्बास नगरपालिका–९ स्थित धनसिंहमा शुक्रबार अचानक हावाहुरी र पानीसंगै आएको चट्याङमा परी खेतबाट घर फर्कने क्रममा रहेकी सोही ठाउँ बस्ने ४५ वर्षीय रोडे सुनारकी छोरी १३ वर्षीया रेनुका सुनारको घटनास्थलमै मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

वेहोस भएर मृत्यु 
कैलाली – लम्की नगरपालिका–१ लम्कीमा शनिबार एक्कासी बेहोस भएका जानकी गाउँपालिका–४ बस्ने २३ वर्षीय जनकप्रसाद न्यौपानेको लालरत्न अस्पताल लम्कीमा उपचारको क्रममा मृत्यु भएको छ । टिकापुरबाट बस चढेर लम्की आएपछि एक पसलमा पुगेको अवस्थामा उनी बेहोस भएपछि उपचारको लागि उक्त अस्पतालमा लगिएको थियो ।

 मृत अवस्थामा फेला 
गुल्मी –  सत्यवती गाउँपालिका–६ उर्लिखोलास्थित इलाईट कम्पनीमा सडक पिच गर्ने कामदार भारत मोतिहारीका  १८ वर्षीय मिठुकुमार साहनी शनिबार मृत अवस्थामा फेला परेका छन् । अलकत्रको ड्रम अनलोड गरी करीव ५ सय  मिटर टाढा गोठमा आराम गर्न गएका उनी साथीहरुले उठाउन खोज्दा मृत फेला परेका थिए ।

 पौडी खेल्नेक्रममा डुबेर मृत्यु तथा वेपत्ता 
नुवाकोट – विदुर नगरपालिका–५ बस्ने नवराज कुमालकी छोरी ११ वर्षीया मिसरायल कुमारी कुमालको स्थानीय ताँदीखोलामा पौडी खेल्ने क्रममा शनिबार डुबेर मृत्यु भएको छ ।
तनहुँ – ब्यास नगरपालिका–५ बेतिनीस्थित सेती नदीमा पौडी खेल्ने क्रममा शनिबार डुबेर वेपत्ता भएका ऋषिङ गाउँपालिका–१ तल्लो ढल्कुना बस्ने २७ वर्षीय देउबहादुर थापाको खोजी भइरहेको छ ।

 आगलागीबाट धनमाल क्षति 
पर्सा – सुवर्णपुर गाउँपालिका–२ सुन्दरबस्ती बस्ने सकल चौधरीको फुसले छाएको घरमा शनिबार आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा गरी करीव २ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah