दमक। नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनीधिसभाकी सांसद महेन्द्रा कुमारी सुब्बाले कांग्रेस सच्चिनु पर्ने बताउनु भएको छ । ३८ औं विपी स्मृति दिवसको अबसरमा नेपाली कांग्रेस क्षेत्र नम्बर ५ ख झापाले दमकमा आयोजना गरेको विचार गोष्ठी तथा वृक्षारोपण कार्यक्रममा सम्बोधन गर्दै नेतृ सुब्बाले यस्तो बताउनु भएको हो ।
र्कायक्रमको प्रमुख अतिथि समेत रहनु भएको सांसद सुब्बाले विगतमा कांग्रेसले रिसका कारण चुनाव हारेको भन्दै नेताको गल्ति भए पार्टी भित्रै सुल्झाउन आग्रह समेत गर्नु भयो । वहाँले विपीको विचार अनुसार चल्न पनि कार्यकर्ताहरुमा अनुरोध गर्नु भयो । सांसद सुब्बाले तेरो मेरो भनेर लागेकै कारण दमकमा एउटा पनि सदस्य जित्न नसकेको भन्दै अब त्यस्तो गल्ति नगर्न सुझाव समेत दिनु भयो ।
कार्यक्रमका विशेष अतिथि पूर्णानन्द शर्माले गुटको प्रवृति अन्त्य नभएसम्म विपीको अनुशरण गरेको हुदैन भन्दै नेताको कार्यकर्ता भन्दापनि विचारको कार्यकर्ता हुन आग्रह गर्नुभयो । वहाँले कांग्रेसमा अनुशासनको अभाव भएको पनि बताउनु भयो । त्यस्तै महासमिति सदस्य सुरेश सुब्बाले गुट उपगुटको राजनीति छोडेर अघि बढ्न आग्रह गर्नु भयो ।
त्यस्तै अर्का नेता शेरबहादुर भट्टराईले विपीको विचार अनुसार अघि बढ्न आग्रह गर्नु भयो । त्यस्तै नेतृ रेगिना भट्टराईले क्रियाशिल सदस्यता दिदा महिलाहरुको संख्यालाई पनि ध्यान दिन आग्रह गर्नु भयो । नेता राजन बहादुर ढुङ्गानाले कांग्रेस अहिले विपीको विचारबाट चलिरहेको भन्दै विपी मरेपनि विपीको विचार कहिल्यै नमर्ने भन्दै कांग्रेस यथास्थितिवादबाट माथि उठ्नुपर्ने बताउनु भयो ।
वहाँले वाद र गुटको अन्त्य गर्दै नेतृत्व परिवर्तन गर्न पनि कार्यकर्ताहरुलाई अनुरोध समेत गर्नु भयो । त्यस्तै क्षेत्रीय सभापति ढुण्डी राज भण्डारीले पनि गुटको राजनीति अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विपीलाइ स्मरण गर्दै पार्टी कार्यलय परिसरमा रुद्राक्षको विरुवा समेत रोपिएको छ । क्षेत्र नम्बर ५ ख का सभापति पदम लिम्बुको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका गाउँ, नगर तथ क्षेत्रका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।







