पहिलो चरणकोे स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार बनेका मध्ये ३ जना नगरपालिका र २ जना गाउँपालिकाको कार्यकारी प्रमुखमा महिला निर्वाचित हुनुभएको छ । स्थानीय निकायको कार्यकारी पदमा एमालेका तर्फबाट महिलाको यो उपस्थिति ९२ नगरपालिका र १ सय ८६ गाउँपालिकामध्येबाट हो । त्यसो त प्रमुख कार्यकारीमा महिलाको उम्मेदवारी बनाउनेमा एमाले अन्य दलहरू भन्दा अगाडी नै छ । र, महिला कार्यकारी प्रमुखमा निर्वाचित सङ्ख्यामा पनि एमाले अग्रस्थानमा रहेको छ ।
पछिल्लो परिणामअनुसार एमालेबाट चितवनको राप्नी नगरपालिकाको प्रमुखमा प्रभा बराल,नवलपरासीको कावासोती नगरपालिकाबाट चन्द्रा पुन र स्याङ्जाको पुतलीबजार नगरपालिकाबाट सीमा क्षेत्री निर्वाचित हुनुभएको छ त्यसै गरी रसुवाको कालीका गाउँपालिकाबाट सिता अधिकारी पौडेल र म्याग्दीको धवलागिरी गाउँपालिकाबाट थमसरा पुन कार्यकारी प्रमुखमा विजयी हुनुभएको छ । स्याङ्जा पुतलीबजार नगरपालिकाको मेयरमा निर्वाचित सीमा क्षत्रीले काँग्रेसका तुलसी रेग्मीलाई १२२० मत अन्तरले पछि पार्दै उनले विजयको माला लगाउन सफल हुनुभयो ।
क्षेत्रीको जुझारु उमेर पनि राजनीतिबाटै खारिएको देखिन्छ । अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गर्नुभएकी क्षेत्री पछिल्लो समय शिक्षण पेसामा संलग्न हुनुभयो । । पछि फेरि शिक्षण जागिर त्यागेर पूणर््ाकालीन राजनीतिमै फर्केकी क्षेत्री अहिले पुतलीबजारको मेयरमा चुनिनुभएको छ ।
नगरक्षेत्रमा प्रभावशाली ठानेर पार्टीका तर्फबाट विवादविना उम्मेदवार बनाईनुभएकी क्षेत्रीले पार्टीको मूल्याङ्कनलाई उहाँले सही साबित गर्नुभएको छ । मेयरमा निर्वाचित भएपवछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो ‘मैले नागरिकलाई ठुलो सपना बाँडेकी छैन । तर, समृद्ध पुतलीबजार निर्माणसँगै युवा र महिलाकेन्द्रित योजना अघि सार्ने सोच छ,’ क्षत्रीले भनिन्, ‘हरेक वडामा युवा परिषद् निर्माण गर्ने र टोलटोलमा महिला सञ्जाल निर्माण गर्नेछु । पुतलीबजारमा पर्यटन विकासको ढोका उघार्नेछु । एक रुपैयाँ भ्रष्टाचार गर्दिनँ ।
त्यसै गरी नवलपरासीको कावासोती नगरपालिकामा मेयरमा विजयी नाम हो चन्द्रा पुन । पुनले पनि एमालेकै उम्मेदवारीमा मेयर पद जित्नुभएको हो । लामो समय एमाले राजनीतिमा क्रियाशील पुनलाई पार्टीले निर्णय गरेरमेयरमा अघि सा¥यो । पार्टीको निर्णयलाई सही साबित गर्दै विजयको शिखरमा पुनले पु¥याउनुभयो । ०३८ मा मालेबाट राजनीतिक यात्रा प्रारम्भ गर्नुभएकी पुनले गाउँ, इलाका, जिल्ला, क्षेत्र र प्रदेश कमिटीमा पार्टीले दिएका जिम्मेवारी पूरा गर्दै आउनुभएको छ । मधेसी, थारू र पहाडेको मिश्रित बसोबास रहेको कावासोती नगरमा उहाँले जनताकोे मन जित्नुभएको छ ।
‘कावासोती नगरपालिकालाई महिला र अपांगमैत्री नगर बनाउने उनको पहिलो र मुख्य योजना छ । त्यसपछि फोहोर व्यवस्थापन तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने योजना छ । किसानको समस्या पनि नियालिरहेकी छु । किसानको हकहितका लागि लड्छु, सहुलियत दिन्छु र कृषि क्रान्तिमा जोड गर्छु ।’– निर्वाचित भएपछि मेयर पुनले भन्नुभयो ।
चितवनको राप्ती नगरपालिकाको प्रमुखमा उम्मेदवार बन्नुभएकी प्रभा बरालले प्रमुख पदमा जित्नुभएको छ ।राजनीतिमा लामो समयदेखि सक्रिय बराललाई नेकपा एमालेले उम्मेदवार बनाएको थियो । प्रमुख पदमा जितेपछि उहाँले राप्ती नगरपालिकालाई नमुना सहरको रूपमा विकसित गर्ने योजना बनाउनुभएको छ । महिलाले नेतृत्व गर्दा यस्तो विकास हुन्छ भनेर उदाहरणीय कार्य गरेर देखाउने उहाँको योजना छ । आफ्नो क्षेत्रलाई विकास गर्नका लागि गुरुयोजना तयार गरी काम गर्ने बताउनुभएको छ । शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर काम गर्न आफू लागिपर्ने बताउनुभयो ।
हिमाली जिल्ला रसुवामा पनि एउटा गाउँपालिकाको नेतृत्व महिलाको हातमा आएको छ । एमालेकी सीताकुमारी पौडेलले कालीका गाउँपालिकामा काँग्रेसका साधुराम पौडेललाई पछि पार्दै प्रमुखमा निर्वाचित पौडेल लामो समय काँग्रेसकै राजनीतिमा संलग्न हुनुहुन्थयो । तर, निर्वाचनको केही महिनाअघि एमालेले लिएको राष्ट्रियता, स्वाभिमान र समृद्धिको अडानबाट प्रभावित भई एमालेमा प्रवेश गर्नुभएको थियो ।
प्रमुख पौडेलले निर्वाचित भएपछि भन्नुभयो – तत्काल गाउँमा खानेपानीको व्यवस्था गर्नेछु । सडक र अस्पताल निर्माण पनि मेरा योजनाभित्र छन् । जनतासँगको समन्वय र आवश्यकताअनुसार शिक्षा, स्वास्थ्य, महिला र युवाका समस्यालाई समाधान गर्ने कामलाई प्राथमिकतामा राख्छु,’।
म्याग्दीमा पनि एउटा गाउँपालिकाले महिलाको नेतृत्व पाएको छ । धवलागिरि गाउँपालिका प्रमुखमा थम्सरा पुन विजयी हुनुभएको छ । एमालेलेका तर्फबाट उम्मेदवार बन्नुभएकी पुन शिक्षण पेसा छोडेर प्रमुखमा निर्वाचित हुनुभएको हो । शिक्षण पेसासँगै सांगठनिक राजनीतिलाई पनि सँगसँगै अगाडि बढाएकी पुनले विद्यार्थीकालबाटै राजनीति प्रारम्भ गर्नुभएको हो ।
जिल्ला सदरमुकामबाट धेरै टाढा रहेको धवलागिरि गाउँपालिकामा प्रमुख पुनले अब शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, पर्यटनलगायतका क्षेत्रमा विशेष योजना बनाएर अघि बढ्ने बताउनुभयो ।



