बिष्णुप्रसाद पोखरेल

झापाको दमकमा नेपाली काँग्रेसले मेयरको उम्मेदवार छानिसकेपछि अब स्थानीय तहको निर्वाचनको रौनक तातेको छ । माओबादी केन्द्रका उम्मेदवार गगन पुरीले काँग्रेस र एमालेले उम्मेदवार नछान्दा प्रतिस्पर्धि नै नभेटर एक्लै दौड्दा मजा नआएको प्रतिक्रिया दिएको करिब एकमहिना एकसातापछि नेपाली काँग्रेसले पार्टीका क्षेत्रिय सभापति ढुण्डिराज भण्डारीले अघि सार्ने निर्णय गरेको छ । अब दौड्मा तीनजना भएकाछन् । एमालेले अझै पनि उम्मेदवार चयन गरिसकेको छैन ।

सार्वजनिक भएका तीनजना उम्मेदवार दमकका लागि अपरिचित रहेको छैन । तीन जना नै यस्ता उम्मेदवार रहेकाछन् जो आफ्नो पार्टीमा अप्रत्याशित रुपमा जिम्मेवारी पाएकाहरुछन् । पार्टी राजनीतिमा छिटोछिटो अघि बढेकाहरु रहेकाछन् र नहारेकाहरु रहेकाछन् । एमालेले उम्मेदवार छानेपछि चुनावी रौनकता धेरै आउला तर अब नछान्दै पनि कम रोचक भने हुनेछैन ।

उमेरका हिसावले भण्डारी र पुरीले युवाको मत तान्नेछन् भनेर तर्क गर्न सकिन्छ । पार्टी राजनीतिमा कलिलो उमेरमा नगर अध्यक्ष र त्यसपछि क्षेत्रिय अध्यक्ष बनेका भण्डारीले आजसम्म कमैको मात्र मन बिजाएका होलान् । जसलाइ जहाँ देखे पनि नमस्ते गर्दै र खबर सोध्दै हिड्ने भण्डारीलाइ कम आँकलन गर्ने कुरो आउदैन । मिजासिलो भएकै कारणले मत हाल्छन् भन्नु पर्ने यथार्थ हुदैन । पार्टीमा हार नखाएका भण्डारीले अब मेयरमा के गर्लान् त्यो त हेर्न केहि समय कुर्नै पर्छ ।

माओबादी केन्द्रका गगन पुरी राजनीतिमा एउटा शशक्त खेलाडि हुन् । उनले राजनीतिक दाउपेचलाइ राम्रोसंग बुझ्ने खुबि  राख्छन् । पार्टीभित्र बारम्बार बिबादमा परेर होस या बिकास निर्माणमा सधै अगाडि देखिएर किन नहोस उनि सधै चर्चामा नै रहन्छन् । दमक रबि चिसापानी सडक उपभोक्ता समितिको अध्यक्ष पनि उछिट्याए । उनको प्रचारशैलीलाइ सायदै अरु उम्मेदवारले भेटने छैनन् । उनि जति मतदाताको घरमा पटकपटक कमै पुग्नेछन् । अरु पार्टीमा अन्तरबिरोध रहेको र आफू जनप्रीय भएकाले मेयर जित्ने उनको सपना छ ।

राम थापा दमकका लागि एउटा फरक पात्र हुन् । जो शाहिशाषनकालमा होस या त्यो भन्दा अगाडि किन नहोस् र अहिले नै पनि उनी चर्चामाछन् । दमकको एउटा राजनीतिक खेलाडिको रुपमा उनको परिचय छ । उनले अन्य पार्टीका उम्मेदवारले कम आँकलन गरेकाछन् । पार्टीका केन्द्रिय सहमहामन्त्रि रहेका उनि शाहि शाषन कालका मेयर पनि हुन् । आफू जिबन र मरणको दोषाधमा रहेको भन्दै अन्तिम पटक एक पटक भन्दै उनि पाकाहरुलाइ गाइको सम्मानका लागि भन्दै मत मागिरहेकाछन् । उनको अन्तिम सपना र अहिलेसम्म गरेको लगानी मेयरका लागि हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah