झापाको शिबसताक्षी नगरपालिका वडा नं. ८ डुडामारीमा एक बालकको लिचिको दाना घाँटिमा अड्किएर मृत्यु भएको पाईएको छ । रुपदोष श्रेष्ठको छोरा बर्ष ६ को गौरव श्रेष्ठको लिचिको दाना अडकिएर मृत्यु भएको हो । उनको लिचिको जुस सर्किएर मृत्यु भएको सार्वजनिक भएको थियो ।

घरमा खेल्ने क्रममा जुस पिउदै गर्दा अचानक बिरामी भई तत्काल उपचारको लागी लाईफ लाईन अस्पताल दमकमा उपचारका लागि लगिएको र अस्पतालमा नै मृत्यु भएको पाईएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख कुन्दन देबलेबताए । पोष्टमार्टम गर्दा बालकको घाँटीमा लिचिको दाना आड्किएको पाइएको उनले जनाए ।
यति

खेर लिचिको सिजन भएकाले बालबालिकाले लिचि खाँदा र बालबालिकालाइ लिचि ख्वाउदा ध्यान दिनु पर्ने इलाका प्रहरी कार्यालयका प्रमुख देब बताउछन् । लिचिको दाना अड्किएको भनेर पोष्र्टमार्टम गर्दा मात्र थाहा पाएको बताउदै बालबालिकालाइ सकेसम्म लिचि नख्वाउन पनि आग्रह गरे ।

दमक स्थित लाइफलाइन अस्पतालका डा. सूर्य नारायण शाहका अनुसार बर्षेनी ५ देखि ६ जना बालबालिकाहरु लिचिको दाना अड्किएर उपचारका लागि अस्पताल ल्याउने गरेकाछन् भने केहिको ज्यान जाने गरेको छ । घाटिमा गएर अड्किएको अवस्थामा बचाउन धेरै गाहे हुने भएकाले अभिभावकले ख्याल गर्नु पर्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah