काठमाडौं । उपत्यकाका तीनवटै जिल्ला प्रशासनले एक साताका लागि निषेधाज्ञा जारी गरेसँगै बैंकहरूले पनि सीमित शाखाहरूबाट मात्रै सेवा उपलब्ध गराउने तयारी गरेको छ ।
एउटा भोलिबाट एउटा वाणिज्य बैंकले काठमाडौं उपत्यकामा दैनिक बढीमा ८ वटा शाखाबाट मात्रै सेवा प्रदान गर्ने गरी तयारी गरेको बैकर्स संघका कार्यकारी प्रमुख अनिल शर्माले बताए ।
‘‘जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेसँगै न्यूनतम कर्मचारीबाट अत्यावश्यक वित्तीय सेवा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै उपलब्ध गराउन र सकेसम्म विद्धुतीय कारोबारलाई प्राथमिकता दिन भनेको छ,’’ उनले भने, ‘‘अब राष्ट्र बैंकको निर्देशन कस्तो आउँछ, हाम्रो तयारी भने प्रत्येक बैंकले निषेधाज्ञामा काठमाडौं मा ५, ललितपुरमा २ र भक्तपुरमा १ वटा शाखा आलोपालो खोलेर अत्यावश्यक सेवा नियमित राख्ने भन्ने हो ।’’



