बिष्णुप्रसाद पोखरेल
दमक/झापाको दमकमा १ लाखलाइ रोजगारी दिने गरी खर्बौ बजेट आउदैछ भनेर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दमकमा भाषण गर्दा त्यो समय धेरैले हाँसोमा उडाए । हावा कुरा देखि गर्न आउदैन भनेर पनि भने । तर जग्गाको भाउ आकाशियो । बेलामौका मन्त्रीहरुको ओहोरदोहोर भयो औधोगिक पार्क स्थल अर्थात साविक दमक १९ मा । त्यो समय पनि कसैलाइ पत्यार भएन यहाँ त्यत्रो रकम कसरी आउछ ?
चीन सरकारले आफ्नो ब्यापार बिस्तारका लागि वान बेल्ट वान रोड अन्र्तगत रहेर झापाको दमकमा क्लिन इण्डष्ट्रियल पार्क बनाउने बिषयमा सम्झौता गरेको भन्ने समचारहरुले अहिले दमकमा एउटा तरंगमात्र ल्याएको छैन । राजनीतिक दलहरुको प्रमुख एजेण्डा समेत बन्न थालेको छ । औधोगिक पार्क बिषयमा आएको समचार लगत्तै राजनीतिक दल र यसका नेताहरुले बठ्याइ पूर्वक हाम्रो पलमा ल्याएको भनेर फेसबुकमा लेख्न थालेकाछन् । नगरपालिकाले कूनै राजनीतिक दल तथा अमूक कोहि ब्याक्तिले ल्याएको होइन भनेर पत्रकार सम्मेनल गरेर स्पष्टिकरण नै दिनु परेको पाइएको छ ।
अझै धेरैले पत्यार गरेका छैनन् । यत्रो बजेट र सयका हाराहारीमा अन्तराष्ट्रिय स्तरका उद्योगहरु यहाँ स्थपना हुनेछ । एकलाखले रोजगारी पाउनेछन् । करिब ३ सय अरव रकम दमकमा भित्रदैछ भनेर । दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहाल भने औधोगिक पार्क निर्माणको ढोका खुला भएको र अब चाँडै यसको काम शुरु हुने दाबी गर्छन् । उनले सचेतता पूर्वक राजनीतिक दलहरुले यसलाइ सहयोग गर्न राजनीतिक एजेण्डा नबनाउन पनि आग्रह गरिसकेकाछन् ।
उनले ३ सय अरबमात्र होइन यो भन्दा ठूलो रकम भित्रने पनि जनाएकाछन् । ३ सय अरव रकम त प्रारम्भिक चरणमा मात्र आउने जनाउदै यो भन्दा कयौ गुणा बढी रकम दमकमा बन्ने औधोगिक पार्कमा आउने उनको भनाइ छ । दमकको मात्र नभएर यो नेपालका लागि नै एउटा अवसर भएको उनलाइ भनाइ रहेको छ । नेपालमा यस्तो र यति ठूलो लगानिको औधोगिक करिडोर यो नै हुने नगरपालिकाको भनाइ छ । यसको कार्यन्वयन स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाले गर्नेछ । काम साउन महिनादेखि नै शुरु हुनेछ । नयाँ आउने मेयरले यो थेक्न सक्लान ? अघि बढाउन सक्लान ? अब केहि समय कुर्नु पर्छ ।



