प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासँगै कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने भएका छन् । उनले बिहीबार ठूलो दलको नेताका हैसियतले संसदमा रहेका दलहरुलाई पत्र पठाएर सरकार गठनमा सहयोगको आह्वान गर्दैछन् । यद्यपि सहमतीय सरकार गठनको सम्भावना न्यून छ ।
३१ जेठको दोश्रो चरणको निर्वाचनअघि नै नयाँ सरकार गठन हुने देउवाको विश्वास छ । ‘नयाँ सरकार गठन निर्वाचनपछि जाने सम्भावना नै छैन’, भौतिक पूर्वाधारमन्त्री रमेश लेखकले भने ।



