काठमाडौं – नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य आज स्थिर रहेको छ ।
आज छापवाला सुन प्रतितोला ९७ हजारमा कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार पनि सुन सोहि मूल्यमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय निर्धारण गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा १ हजार ३३० मा कारोबार भएकोमा आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३१५ कायम गरिएको महासंघले जनाएको छ ।



