काठमाडौं – नेपाली बजारमा आज (सोमबार) सुनको बढेको छ ।
आइतबार प्रतितोला ९७ हजारमा कारोबार भएको छापवाला सुन आज प्रतितोला २ सयले बढेर प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय निर्धारण गरिएको छ ।
त्यस्तै, आज चाँदी ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय २० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।



