काठमाडौं, ९ असोज । डिजेल र पेट्रोलको आयातलाई उछिन्दै दुई महिनाको अवधिमा सबैभन्दा बढी मोबाइल सेट आएको छ । आर्थिक वर्ष ०७७–७८ को पहिलो दुई महिनामा २० अर्ब ४४ लाख रुपैयाँको सामान आयात भएको भन्सार विभागको तथ्यांक छ ।

त्यसमा सबैभन्दा बढी ७ अर्ब ९४ करोड रुपैयाँको मोबाइल रहेको विभागले जनाएको छ । यो डिजेल आयात भएको रकमभन्दा बढी हो । भन्सारको विवरणअनुसार दुई महिनामा ५ अर्ब ५ करोड रुपैयाँको डिजेल आएको छ ।

‘विगतमा मोबाइल सेटको आयात १० नम्बरभित्र पनि परेको थिएन । आयातमा पहिलो नम्बरमा डिजेल हुन्थ्यो,’ विभागका एक अधिकारीले भने, ‘तर चालु आर्थिक वर्षको पहिलो दुई महिनामा डिजेललाई मोबाइलले उछिन्यो । डिजेलको आयात दोस्रो नम्बरमा देखियो ।’

कोभिडका कारण सरकारले लकडाउन गरेपछि मोबाइल आयात हुन सकेन । लकडाउन खुकुलो भएसँगै यसको माग बढ्यो । तर अन्तर्राष्ट्रिय उडान भएनन् । सवारीसाधन पनि चलेनन् ।

कोरोना संक्रमण रोक्न सरकारले चैत ११ देखि लकडाउन गरेको थियो । त्यसले समग्र व्यापार व्यवसाय तहसनहस भयो । लकडाउनका बेला अत्यावश्यक वस्तुबाहेक अन्य सामग्रीको आयात सहज बनेन । बैंक, भन्सार कार्यालय र बन्दरगाहमा पर्याप्त कर्मचारी थिएनन् । लकडाउन खुकुलो बनाए पनि विभिन्न ठाउँमा निषेधाज्ञाले व्यवसायीलाई सामान आयात गर्न सहज थिएन । अहिले निषेधाज्ञा खुलेसँगै केही चहलपहल बढेको व्यवसायी बताउँछन् ।

विभागका अनुसार आर्थिक वर्ष ०७६–७७ को पहिलो दुई महिनामा ५ अर्ब १० करोड रुपैयाँको मोबाइल सेट आयात भएको थियो । वर्षभर १८ अर्ब १७ करोड रुपैयाँको आयात भएको विभागको तथ्यांक छ ।

डिजेलपछि खाना पकाउने एलपी ग्यास र पेट्रोल आयातमा ३ अर्ब ४० करोड रुपैयाँ बाहिरिएको छ । ३ अर्ब ४० करोड रुपैयाँको पेट्रोल र १८ करोड रुपैयाँको हवाई इन्धन आयात भएको छ । ‘ग्रुपअनुसार होइन, प्रोडक्टमा हेर्दा मोबाइल सेट नै पहिलो नम्बरमा आयात भएको छ,’ ती अधिकारीले भने ।

निर्यातमा भने सबैभन्दा भटमासको तेल अगाडि छ । दुई महिनाको अवधिमा ५ अर्ब ४७ करोड रुपैयाँको तेल निर्यात भएको छ । भटमास भारत निर्यात हुन्छ । यस्तै प्रशोधित पाम तेलको निर्यात पनि उत्साहजनक थियो । पाम तेलको बजार पनि भारत नै हो । पछिल्लो समय भारतले बन्देज लगाएको विभागले जनाएको छ ।

२० अर्बको निर्यात हुँदा पौने दुई खर्बको आयात

२० अर्ब रुपैयाँको निर्यात हुँदा १ खर्ब ७८ अर्ब रुपैयाँको आयात भएको छ । गत वर्षको तुलनामा वैदेशिक व्यापार पनि खुम्चिएको छ । ०७६–७७ को पहिलो दुई महिनामा वैदेशिक व्यापार २ खर्ब ४८ अर्ब रुपैयाँ भएको भन्सार विभागको तथ्यांक छ । ०७७–७८ को दुई महिनामा वैदेशिक व्यापार १९.६४ प्रतिशतले खुम्चिएर १ खर्ब ९९ अर्ब २८ करोड रुपैयाँमा झरेको छ ।

आयात पनि २२ प्रतिशत घटेर १ खर्ब ७८ अर्ब ८४ करोड रुपैयाँमा झरेको छ । ०७६–७७ को दुई महिनामा २ खर्ब २९ अर्ब ५० करोड रुपैयाँको आयात भएको थियो । निर्यातमा भने साढे १० प्रतिशतले बढेको विभागको तथ्यांक छ । ०७७–७८ को दुई महिनामा २० अर्ब ४४ करोड रुपैयाँको निर्यात भएको छ । अघिल्लो वर्षको पहिलो दुई महिनामा १८ अर्ब ५० करोड रुपैयाँको मात्रै निर्यात भएको थियो । व्यापार घाटा करिब २५ प्रतिशत घटेको छ ।

०७६–७७ को दुई महिनामा २ खर्ब ११ अर्ब रुपैयाँ घाटा रहेकामा ०७७–७८ मा घाटा घटेर १ खर्ब ५८ अर्ब रुपैयाँमा झरेको छ । ‘दुई महिनामा निर्यात बढेको छ, आयात घटेको छ । यो देशका लागि राम्रो हो । पछिल्लो समय राजस्व उठ्न थालेको छ । चाडबाडका लागि सामान आयात हुन थालेको छ,’ ती अधिकारीले भने, ‘यसले आयात वृद्धि भइरहेको देखाउँछ ।’ कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah