काठमाडौं, ११ जेठ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता चलाउँदा एमाले अध्यक्ष केपी शर्मा ओली सुरुदेखि अन्त्य सम्म अत्यान्तै कडा शैलीमा प्रस्तुत भए ।
करिब दस महिने सत्ता अवधिभरि असहयोग गरेको प्रतिपक्षी एमाले घुमाउरो ढंगले अन्तिम घडीमा ओलीले प्रचण्डलाई राख्न खाजे ।
ओली तिनै नेता हुन, जसले दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाको ‘षड्यन्त्र’ आफू सत्ताबाट बाहिरिएको भन्दै निरन्तर आक्रमणरत थिए ।
पछिल्ला केही दिनयता उनी त्यो तीर देउवातिर मात्रै सोझ्याइरहेका थिए अनि दाहालसँग नरम नीति अख्तियार गरेका पनि थिए । यस बीचमा देउवाले सत्ताका लागि जति हतारो देखाए, प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष ओली उनलाई उनलाई रोक्न र दाहाललाई राखिराख्न त्यति नै तल्लिन देखिए ।
तर प्रचण्ड ‘फुत्त’ सत्ताबाट बाहिरीन सफल भए । ओलीले उनलाई राख्नुको कारण कम्युनिष्टको सरकारले चुनावमा कम्युनिष्टलाईनै पेल्दैन भन्ने रहेको जानकारहरु बताउँछन् ।
प्रचण्डले आफ्नो सत्तारोहणदेखि अन्तिमसम्म ओलीको कुनै गुन सम्झन लायक नरहेकाले एमालेले चाहँदैमा उनले राजीनामा नरोकेको उनी निकट स्रोत बताउँछ । यतिबेला दाहालले राजीनामा दिएपछि देउवाको सत्तारोहण सुरु हुन लागेको छ ।
चौथो पटक प्रधानमन्त्रीको कुर्सी सम्हालन लागेका देउवाप्रति प्रमुख प्रतिपक्षका रुपमा एमाले देखिने निश्चित छ । दाहालप्रति आक्रमक बनेको एमाले देउवाप्रति कस्तो रहँला ? भन्ने प्रसँगमा एक जानकार भन्छन् ,‘ कम्युनिष्टको सरकारप्रति कहिल्यै पनि कम्युनिष्ट रुखो हुदैन्, व्यवहारमा त्यस्तै देखिएपनि भित्रि रुपमा अर्कै हुन्छ तर कांग्रेसप्रति एमालेको केहीनै मिल्दैन् ।
अझ भनौं,कांग्रेसको दुसमनी एमाले र एमालेको दुसमसी काग्रेस भएकाले सत्तामा शेरबहादुर रहँदा एमालेले खैरो खन्नेछ ।’ यसले देउवा ओलीको कठघरमा पर्नेछन् । उनलाई सजिलो पक्कै नरहेको पुष्टि हुन्छ । उता स्रोतका अनुसार एमालेले देउवा नेतृत्वको बन्न लागेको सरकारलाई ‘च्वा’ गर्न नदिने रणनीति अघि सारेको छैन् ।
देउवाले यसअघि सत्ता चलाउदा सत्ताको चरम दुरुपयोग गरी विभिन्न असमानसंधी गर्दा मुलुकलाई ठुलो धक्का लागेको भन्दै एमालेले बन्न लागेको देउवा सरकार प्रति कठोर बन्ने देखिएको हो । हेरौं अब कसरी अघि बढ्नेछन्, त्यो भविष्यले बताउला । –विजय नेपाल/ न्यूज अभियान डट कम बाट



