दमक/झापाको दमक ६ स्थित द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले बार्षिक क्यालेण्डर अनुसार १५ असोजमा सम्पन्न गर्ने ९ औं बार्षिक साधारण सभाको प्रतिवेदन सदस्यहरुलाई उपलब्ध गराएको छ ।
२ हजार हाराहारीमा सदस्य संख्या रहेको सो संस्थाले कोरोना संक्रमणको असहज परिस्थितिका कारण सदस्यहरुलाई एकै ठाउँमा भिडभाड गरि जम्मा गर्न नहुने भएकाले कार्यालय मार्फत १० असोजदेखि आज १२ असोज सम्म प्रतिवेदन उपलब्ध गराएको हो ।
संस्थाका व्यवस्थापक नवराज बाँस्तोलाले भोली अर्थात १३ असोजदेखि १५ असोज सम्म सदस्यहरुबाट प्रतिवेदनमाथि आवश्यक सुझावहरु लिइने बताए ।
संस्थाका अध्यक्ष दिपक खरेलका अनुसार संस्थाले कोरोना संक्रमणका कारण प्रविधिको उच्चतम सदुपयोग गर्दै सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन न्यूज पोर्टल र पत्रिका मार्फत सो सम्बन्धिको सूचना गरिएको छ । अनलाइन, पत्रिकाहरुमार्फत सूचना गरिए अनुसार अधिकांश सदस्यहरुले प्रतिवेदन बुझेर लगेको अध्यक्ष खरेलले बताए ।
दमकस्थित प्रधान कार्यालय, केर्खा, विर्तामोड र सुरुङगास्थित सेवा केन्द्रबाट तीन दिन सम्म प्रतिवेदन वितरणको कार्यक्रम सार्वजनिक भए अनुसार सदस्यहरुले संस्थाको प्रतिवेदन बुझेर लगेको अध्यक्ष खरेलले बताए ।
व्यवस्थापक बाँस्तोलाले सो संस्थाले कोरोना संक्रमणका बाबजुद गत आर्थिक बर्ष २०७६÷०७७ मा ५१ करोड ८० लाख ७६ हजार ६ सय २६ को बार्षिक कारोबार गरेको बताए । सो अवधि सम्ममा संस्थाको शेयर पुँजी ५ करोड ९७ लाख , निक्षेप ४० करोड ३५ लाख २७ हजार २१९ र कर्जा लगानी ४४ करोड १५ लाख २९ हजार ६७९ रहेको पनि व्यवस्थापक बाँस्तोलाले निष्कर्ष न्यूजलाई जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah