बिष्णुप्रसाद पोखरेल
दमकका मेयरका उम्मेदवारहरुको निश्चित भएसंगै निर्वाचनको माहोल एकाएक तातेको छ । सामाजिक सञ्जालमा अस्वस्थ र अमर्यादित टिप्पणिहरुदेखि लिएर आफ्नै मिलाउन पनि उम्मेदावर र पार्टीलाइ सकस रहेको पाइन्छ । उम्मेदवारले बोलेका कुरा देखि लिएर छनौटमा देखिएको असमझदारीमासम्म छताछुल्ल भएकाछन् । निर्वाचनको मूखमा पार्टी छाड्ने सम्मका कार्यले उम्मेदवारहरुलाइ चिन्ता थपेको छ ।
एमालेका मेयरका उम्मेदवार रोमनाथ ओलीलाइ केपी शर्मा ओलीको भतिज भनेर आरोप लगाइएको छ । यद्यपि एउटै थर भएपनि केपी ओली र रोमनाथ ओलीको अन्य कुनै त्यस्तो साइनो छैन । जूनकुरा यो भन्दा धेरै अगाडिका पत्रपत्रिका देखि लिएर बिभिन्न सञ्चारमाध्यमहरुमा आएको समचारहरुले पुष्टि गर्छ । तर निर्वाचनमा यसलाइ मसला बनाएको पाइन्छ । यता केहि युवाहरुले अम्बिका खनाल मेयरको बागि उम्मेदवार भनेर फेसबुकहरुमा पनि हालिरहेकाछन् । यद्यपि खनाल बोलेका छैनन् । यसलाइ मिलाउन पनि सकस परिरहेको बताइन्छ ।
नेपाली काँग्रेसका उम्मेदवार ढुण्डिराज भण्डारीलाइ सिनियरहरुलाइ मिलाउन निक्कै समस्या रहेको छ । उनि सधै सिनियरहरुलाइ उछिन्दै अघि बढिरहेकाछन् । उम्मेदवारी घोषणा अघि जून रुपमा टिकटका लागि रस्साकस्सि थियो त्यो त काँग्रेसभित्र अहिले देखिदैन । यद्यपि सबैको बिश्वास जितेर अघि बढ्न र उम्मेदवारका आँकाक्षिहरुलाइ मिलाएर लैजान उनलाइ पनि चुनौती रहेको छ । सामाजिक सञ्जालहरुमा उनलाइ त्यति साहे आलोचना गरेको भने पाइदैन ।
माओबादी केन्द्रका गगन पुरीले पार्टीभित्रको कलह आउन दिएका छैनन् । उनको पार्टीभित्र धेरै बिरोध सुनिन्न । भित्रि जे जस्तो भए पनि बाहिर आएको छैन । तर उनले बोलेका कुराले भने उनलाइ धेरै आलोचित बनाएको छ । चाहे दमकलाइ नेपालको युरोप बनाउने कुरा होस् या बन्दुक चलाउन र बनाउन जानेकाछौ भनेर होस् । उनि सामाजिक सञ्जालमा आलोचनाको पात्र धेरै बने । दमकको मुख्य चौकमा झण्डा नै झण्डा राख्दा पनि उनले सामाजिक सञ्जालमा आलोचना खेपिरहनु परेको छ ।
राप्रपाका राम थापालाइ उम्मेदवार छनौटदेखि हरेक काममा एकल रुपमा चलेको आरोप लागेको छ । उनका दाहिने हात मानिने पार्टीमा लामो समयदेखि लागेका चन्द्र थापाले त राजिनामा पत्र नै लेखे । कतिपय युवाहरुले असहमति जनाउदै वडाध्यक्षको उम्मेदवारी नै घोषणाा गरे । यद्यपि सामाजिक सञ्जालहरुमा उनको ठूलो राजनीतिक दलहरुको जस्तो आलोचना खेप्नु परेको छैन । तथापी थापा बिरुद्ध आएका समचारहरुको शेयर भने उनकै कार्यकर्ताहरुले गरेको पाइन्छ ।



