नेपाल राष्ट्र बैङ्कले जारी गरेको बुधबारको विनिमय दरअनुसार अमेरिकी डलरको खरिद दर ११७.८७ रुपैयाँ तथा बिक्री दर ११८.४७ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरोको खरिद दर १३७.६९ रुपैयाँ तथा बिक्री दर १३८.३९ रुपैयाँ रहेको छ । पाउन्ड स्टर्लिङको खरिद दर १५१.७६ रुपैयाँ तथा बिक्री दर १५२.५३ रुपैयाँ रहेको छ ।
यता, साउदी रियालको खरिद दर ३१.४३ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.५९ रुपैयाँ रहेको छ । कतारी रियलको खरिद दर ३२.३७ रुपैयाँ रहेको छ भने बिक्री दर ३२.५४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिटको खरिद दर २८.३२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४७ रहेको छ ।




