काठमाडौँ – नेपाली बजारमा आज (बुधबार) पनि सुन-चाँदीको मूल्यले उकालो यात्रा तय गरेको छ ।
मंगलबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापवाला सुन आज प्रतितोला ५ सयले बढेर ९४ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज चाँदी पनि प्रतिताेला १५ रुपैयाँले बढेर १ हजार १ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।
आइतबार सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार सोमबार पनि सुन सोहि मूल्यमा कारोबार भएको थियो ।



