प्रधानमन्त्रीले दोस्रो चरणको निर्वाचन सम्पन्न नगरी राजीनामा दिएको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले व्यवस्थापिका संसदका बैठकमा ध्यानाकर्षण गराएको छ ।

शनिबारको बैठकमा बोल्दै एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्रीले सरकार छाड्न हतार गरेको बताए ।

सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै नेम्वाङले कामचलाउ सरकारले ल्याएको कामचलाउ नीति तथा कार्यक्रमप्रति धेरै टिप्पणी गर्न आवश्यक नरहेको समेत बताए ।

‘कामचलाउ सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नराम्रो सन्देश गएको छ,’ संसद बैठकमा नेम्वाङले प्रश्न गर्दै भने, ‘प्रधानमन्त्रील े१५ दिन कुरेको भए के हुन्थ्यो ?’

नेता नेम्वाङले जेठ ३१ गतेका लागि तोकिएको दोस्रो चरणको स्थानीय निर्वाचन कुनै पनि हालतमा सार्न नहुने पनि बताए । निर्वाचन सार्न विभिन्न पक्षबाट आग्रह भइरहेको भन्दै नेम्वाङले भने, ‘सरकारलाई अनुरोध छ, निर्वाचन कुनै पनि हालतमा सार्ने कोशिष नगरियोस् ।’

सरकारले उपलब्धिका रुपमा उल्लेख गरेका लोडसेडिङको अन्त्य, आर्थिक बृद्धिदर लगायत विषय विगतकै सरकारले गरेको कामलाई निरन्तरता दिँदा देखिएको नतिजा भएको नेम्वाङले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah