पुरुषहरुको तुलनामा महिलाहरु धेरै वर्ष बाँच्छन् । महिलाको औषत उमेर ७४ वर्ष दुई महिना रहेको छ भने पुरुषको औषत उमेर ६९ वर्ष आठ महिना मात्र रहेको छ ।

सन् २०१० को जनगणना अनुसार अमेरिकामा सय वर्ष भन्दा धेरै उमेर समूहका मानिसको सङ्ख्या ५३ हजार ३ सय ६४ थियो । यो सङ्ख्यामध्ये पुरुषको सङ्ख्या मात्र ९ हजार १ सय ६२ रहेको थियो । जब कि महिलाको सङ्ख्या भने ४४ हजार २ सय २ रहेको थियो ।

महिलाको औषत उमेर लामो हुने कारण के छ ? उनीहरुलाई के कुराले के कुराले प्रभावित गरिरहेको छ ?

१. जीन

ह्युमन मार्टाेलिटी इन्डेक्समा ४० देशको आँकडा रहेको छ । यसमा स्वीडेनको १ हजार ७ सय ५१ र फ्रान्सको १ हजार ८ सय १६ आँकडा सामेल रहेको छ । तर, रुस र जापानको आँकडा भने २० औँ शताब्दीको मात्र उपलब्ध छ ।

तर, उक्त तथ्यांकमा हरेक वर्ष महिलाको औषत उमेर पुरुषको औषत उमेर भन्दा बढी रहेको छ । यसको कारण पुरुष आफ्नो जीन आधारित ढाँचाको कारण कम उमेरको शिकार हुने गर्छन् ।

२. भ्रुण

युनिभर्सिटि कलेज लण्डनका प्रोफेसर डेविड जेम्स भन्छन्, ‘पुरुषको भ्रुणको मृत्युदर महिला भ्रुणको तुलनामा धेरै हुन्छ । ’ लिङ्ग निश्चित गर्नका लागि क्रोमोजोम जिम्मेवार हुन्छन् । महिलामा एक्स र एक्स क्रोमोजोम हुन्छ भने पुरुषमा एक्स र वाई क्रोमोजोम हुन्छन् । क्रोमोजोममा जीन हुन्छ । एक्स क्रोमोजोममा यस्तो जीन हुन्छ जसले तपाईंलाई लामो समय जीवीत राख्न मद्दत गर्दछ । प्रोफेसर डेविड जेम्स भन्छन्, ‘यदी तपाईंको एक्स क्रोमोजोममा जेनेटिक गडबडी छ र तपाईं एउटी महिला हो भने तपाईसँग एउटा ‘ब्याकअप’ रहेको छ । यदी तपाईं एउटा पुरुष हो भने तपाईंसँग कुनै व्याकअप छैन ।’

एक्सटर युनिभर्सिटिमा पढाउने लोर्ना हेरिस भन्छिन्, ‘ढिलो गर्भवति हुने महिलाले जन्माउने बच्चामा केटीको तुलनामा केटाको २० देखि ३० प्रतिशत मर्ने सम्भावना बढी हुन्छ । पंक्षीहरुको कुरा गर्दा भने भालेमा एक्स क्रोमोजोम दुई प्रति रहेका हुन्छन् । पोथीको तुलनामा भालेमा धेरै क्रोमोजोम रहेको हुन्छ ।

३. हर्मोन

किशोर अवस्थामा पुरुष र महिलामा हर्माेनको कारण परिवर्तन देखापर्दछ । यही कारण पुरुष र महिलाको बनावट परिवर्तन हुन्छ । पुरुषको शरीरमा हुने तमाम परिवर्तन जस्तै शक्ति प्रदान गर्ने टेस्टोस्टेरोन पुरुषको शरीरमा गहिरो रुपमा रहेको हुन्छ । छातीमा रौँ उम्रिने कारण पनि टेस्टोस्टेरोन हो । किशोरावस्थाको अन्तिम चरणमा जब पुरुषको शरीरमा टेस्टोस्टेरोनको मात्रा बढ्छ तब मुत्युदर पनि तीब्र रुपमा बढ्दछ । विशेषज्ञ भन्छन्, ‘यसको एउटा कारण हुन सक्छ पुरुषहरु जोखिमपूर्ण काम गर्दछन् । जस्तै लडाई, तीब्र गतिमा बाइक, कार चलाउनु आदि ।

केही वर्ष पहिले एक कोरियाली वैज्ञानिक हैन नैम पार्कले चोजुन साम्राज्यको १९ औँ शताब्दीको आँकडाको विस्तार रुपमा अध्ययन गरेका थिए । उनले ८१ किन्नरसँग जोडिएको आँकडाको अध्ययन गरेका थिए । जसको अण्डकोष किशोरावस्थामा नै काटिएको थियो ।

पार्कको अध्ययनबाट पत्ता लाग्दछ दरबारका पुरुषको औषत उमेर ५० वर्ष थियो । जबकी तेस्रो लिङ्गीको औषत उमेर ७० वर्ष थियो । तर, तेस्रो लिङ्गीमा सबै तरिकाले गरिएको अध्ययनमा यो नतिजा आएको होइन । तर अण्डकोष बिना पुरुष र जनावरको उमेर लामो हुने गर्दछ ।

महिलाहरुमा सेक्स हार्मोनलाई ओस्ट्रेजेनको रुपमा पनि हेर्ने गरिन्छ । सरल भाषमा भन्दा यो हार्माेनले ती विषाक्त रसायनलाई मेटाउँछ जसले कोशिकालाई हानी पुर्याउँछ । जनावरमा गरिएको प्रयोग अनुसार जुन पाोथीहरुमा आस्ट्रेजेन हार्माेन हुँदैन उनीहरुको उमेर लामो हुँदैन । जुन पोथीहरुमा यो हार्माेन हुने गर्दछ उनीहरुको उमेर लामो हुने गर्दछ । यो ठ्याक्कै त्यस्तै हो जुन तेस्रो लिङ्गीको मामिलामा अगाडि आएको थियो ।

स्पेनमा वैज्ञानिकहरुले २०१५ मा एक शोधपत्र पेश गरेका थिए । त्यो शोधपत्रले प्रमाणित गर्दछ, ओस्ट्रेजेनले जीनको असरलाई बढाउँछ । यसमा एन्टी अक्सिडेन्ट इन्जाइम सामेल हुने गर्दछ । ओस्ट्रोजेनले खराब कोलेस्ट्रोललाई हटाउँछ । यही तरिकाले यसले मुटुको रोगको विरुद्ध सुरक्षा प्रदान गर्दछ ।

४. पेशा र व्यवसाय

विश्वको संघर्षरत क्षेत्रमा पुरुषको आयु कम हुन्छ । तर, जहाँ स्वास्थ्य सेवा पर्याप्त मात्रामा उपलब्ध हुँदैन त्यहाँ धेरै महिला बच्चालाई जन्म दिने बित्तिकै मर्दछन् । यसको साथसाथै चुरोट, रक्सीको सेवन र आवश्यकभन्दा धेरै खानपान पनि अहम कारण हो । यसले विश्वको फरक–फरक देशमा मृत्युदरमा लैङ्गिक आधारमा हुने अन्तरलाई दर्शाउँछ । उदाहरणको लागि रुसी पुरुषहरुको आफ्नो औषत आयुभन्दा १३ वर्ष पहिले मृत्यु हुने आशंका गरिन्छ । यसको आँशिक कारण रक्सीको अत्याधिक सेवन हो ।

५. लामो जीजन तर रोगको आक्रमण

महिलाहरु पुरुषको तुलनामा धेरै वर्ष बाँच्दछन् । तर, बृद्ध अवस्थामा रोगको शिकार हुने गर्दछन् । विश्वको धेरै देशमा १६ देखि ६० वर्षसम्मका महिलाहरु पुरुषको तुलनामा डाक्टरहरु कहाँ जाने आवश्यकता धेरै हुन्छ । बायोमेडिकल जर्नल सेल प्रेसमा प्रकाशित एक लेखमा युनिभर्सिटिका प्रोफेसर स्टीवन एन.अस्टड र क्याथलीन ई फिसर लेख्छिन्, ‘पश्चिमी देशमा महिलाहरु डाक्टर कहाँ धेरै जाने गर्दछन् । धेरै औषधि खाने गर्दछन् । रोगको कारण काममा धेरै दिन अनुपस्थित रहन्छन् । पुरुषको तुलनामा अस्पतालमा धेरै पैसा खर्च गर्दछन् ।’ यी विशेषज्ञ लेख्छिन्, ‘भारत, चीन, बगंलादेश, इण्डोनेशिया, ग्वाटेमाला, जमैका, मलेशिया, मेक्सिको, फिलिपिन्स, थाइल्याण्ड र टेयुनिशियामा महिलाहरुको बृद्ध अवस्थामा रोगहरु धेरै भएको पाइएको छ ।’

६. अन्तर कम भइरहेको छ

भर्खरै भएको अध्ययनले बताउँछ, ‘आउने वर्षमा आयुलाई लिएर पुरुष र महिलाहरुमा अन्तर कम हुँदैछ ।’ एम्पिरियल कलेज लण्डनको एक अध्ययनले बताउँछ, ‘२०३० सालमा महिला र पुरुषहरुको बीच औसत आयुको अन्तर मात्र एक वर्ष अथवा नौ महिना रहने छ ।’

ब्रिटेनको राष्ट्रिय सांख्यिकी कार्यालय अनुसार ब्रिटेनमा अहिले जन्मिने केटाको औसत आयु ७९ वर्ष २ महिना र केटीहरुको ८२ वर्ष ९ महिना छ ।

सेस बिजनेस स्कुलको सांख्यिकी विभागका प्रोफेसर लेस मेहीले आफ्नो अध्ययनमा भनेका छन्, ‘सन् २०३२ सम्ममा महिला र पुरुषको उमेरको अन्तर अन्त्य हुनेछ । ब्रिटेनको अखबार द गार्डियनमा लेस मेही भन्छन्, ‘सुर्ती र रक्सी सेवनमा कमी आउनुले पुरुषलाई फाइदा पुर्याउँछ । किनकी उनीहरु महिलाको तुलनामा धेरै रक्सी र चुरोट पिउने गर्दछन् ।’ उनी लेख्छन्, ‘हामीहरुले मुटुको रोगलाई रोक्ने दिशामा उल्लेख्य काम गरेका छौँ । यसको साथसाथै त्यो देश जहाँ सडक दुर्घटनामा कमी भइरहेको छ । त्यहाँ पनि पुरुषको आयुमा बढोत्तरी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah