बिपिपि
दूइदिन यता झापामा नयाँ किसिमको अवस्था देखिएको छ । चार प्रमुख राजनीतिक दलहरुले मेयर र उपमेयर तथा वडाध्यक्षहरुको निक्र्योल गरेर सार्वजनिक गरेसंगै पार्टीका बर्दिधारीहरु निस्कन थालेकाछन् ।
नेपाली काँग्रेस, नेकपा एमाले, माओबादी केन्द्र र राप्रपाका उम्मेदवारहरुले पार्टीको चुनाव चिन्ह अंकित भएका बर्दि भिराएर कार्यकर्ताहरु प्रदर्शनमा उतार्न थालेकाछन् । पार्टीका चुनावचिन्ह अंकित बर्दिधारीहरु उम्मेदवारको अघिपछि नाँचगान गर्दै हिडन् थालेकाछन् ।
कस्लेबढि बर्दिधारी कार्यकर्ता उतार्ने र माहोल ल्याउने भन्ने प्रतिस्पर्धा नै शुरु भएको पाईएको छ । केहि दिन अघिसम्म माओबादी केन्द्र र राप्रपालेमात्र उम्मेदवारी निश्चित गरेकाले माहोल तातेको थिएन । प्रमुख पार्टी काँग्रेस र एमालेले उम्मेदवार सार्वजनिक गर्नसाथ बर्दिधारी पार्टी नेता कार्यकर्ताहरु सडकमा आएकाछन् ।
लामो समयपछि भएको स्थानीय तहको निर्वाचनमा प्राय उम्मेदवार कुनै नै कुनै हिसावले चिनिएका र कतिपय त आफन्त पनि हुने भएकाले सहयोग माग्न आउने डरले ब्यापारी तथा चिनिएका ब्याक्तिहरुको भागभाग हुन शुरु गरेको छ ।
एकातिर चन्दा दिनु पर्ने डर र अर्कातिर आफै अर्कैै पार्टीमा भएपनि अर्को पार्टीको ब्याक्तिलाइ भोट माग्न हिड्दिन कर गर्ने प्रवृतीले धेरैको भागरेभाग हुने गरेको देखिन्छ ।
आफ्नो आस्था बाहिरका पार्टीका उम्मेदवारले आएर आसपासमा मत मागिदिन आग्रह गरेपछि कतिलाइ भने भाग्न मुश्किल भएको पनि दमकमा दृश्यहरु देखिन थालेकाछन् ।



