दमक, असोज १७ । लिम्बु विद्यार्थी मञ्चले यही कात्र्तिक २ गते देखि ४ गते सम्म झापाको दमकमा लिम्बु विद्यार्थी प्रथम अन्तराष्ट्रिय महासम्मेलन गर्ने भएको छ । मञ्चले आज दमकमा पत्रकार सम्मेलन गरि महासम्मेलनका लागि आवश्यक पूर्वाधार तयार हँुदै गएको जानकारी गराएको हो । ३ दिन सम्म चल्ने महासम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्प कमल दाहालले गर्ने मञ्चका अध्यक्ष आङबुहाङ अबोध अविरलले जानकारी दिनु भयो ।
महासम्मेलनमा भारतको दार्जेलिङ, सिक्किम, आसाम, भुटान, वर्मा, अमेरिका, जापान र बेलायतका गरि करिब ७ सय प्रतिनिधि तथा पर्यवेक्षको सहभागिता रहने अविरलले बताउनु भयो । महासम्मेलनले विद्यालयमा लिम्बु भाषामा अध्ययन अध्यापन गराउन सरकारलाई दवाब दिईने बताईएको छ । कार्यक्रममा लिम्बु संस्कृती झल्कने भाषा लिपी र मुन्धुमको संरक्षणका बारेमा प्रतिबेदन सार्वजनीक गरिने छ । हिमशिखर टि.भी बाट सभार गरिएको।



