बिपिपि
दमक/झापाको दमकमा एउटा रोचक चुनावी माहोल सिर्जना भएको छ । एउटै राशिफल भएका रोम ओली र राम थापा २० बर्षपछिसंगै फेरी निर्वाचन भिड्दैछन् । दुबैका लागि यो सम्भवत अन्तिम जनादेशप्राप्त गर्ने निर्वाचन हुनेछ । २० बर्ष अघि ओलीले थापालाइ करिब १२ सय मतान्तरले हराएर दमकको मेयर बनेका थिए ।
२० बर्षपछि आमनेसामने भएर फेरी दमक यि दूइ चुनावमा भिड्दैछन् । पहिलाजस्तो अवस्था अहिले छैन । २० बर्षमा दमकमा नेपाली काँग्रेस र माओबादी केन्द्र ठूला शक्तिको रुपमा उदय भएकाछन् यसको चेपबाट दूइजनालाइ नै चुनाव जित्नका लागि त्यति सजिलो पटक्कै छैन ।
थापाले अहिले आफ्नो अन्तिम लडाइ नै यहि चुनाव भएको बताउदै आएकाछन् । उनले सार्वजनिक रुपमा नै यो निर्वाचन जिबन र मरणको सवाल आफ्नो लागि भएको भनेर उल्लेख गरेकाछन् । ओलीले पनि आफूलाइ पुरानो र बुढो भन्नेलाइ जितेर जवाफ दिन हतारो रहेको छ । यसले गर्दा यो पटक दमकको स्थानीय तहको निर्वाचन रोचक हुने देखिन्छ ।
थापालाइ राजाबादी भनेर जोडतोडकै साथ आरोप लगाइरहदा ओलीलाइ केपी ओलीको भतिज भएकाले टिकट पाएको भनेर आरोप लगाउने कमी छैन । तर दमककालाइ दुबै चितपरिचित अनुहार हुन् । दुबैजनालाइ प्राय दमकबासीले राम्ररी चिनेकाछन् । उनिहरुको योगदानलाइ नियालिरहेकाछन् ।
देशभरी बडारिएको राप्रपा र देशभर उठेको नेकपा एमालेबीच प्रतिस्पर्धा हुदैन भन्नेहरु पनि भेटिन्छन् । तर दमकमा अबको प्रतिस्पर्धि राप्रपा पार्टी नभएर राम थापा हो भनेर भन्नेहरुको पनि कमी छैन । काँग्रेस र माओबादीका युवा उम्मेदवार भएकाले कस्ले कस्को मत काटेर कस्लाइ लडाउने हुन् त्यो पनि भर छैन भन्नेहरुको पनिछन् ।
जे होस २० बर्ष पछि दुइजना पुराना प्रतिस्पर्धि फेरी एकपटक अन्तिम आफ्नो अवसरको रुपमा लड्दैछन् । जित त दूइजनाको बिषयमा मात्र अन्दाज लगाउने अवस्था छैन । चौपक्षिय भिडन्त दमकमा हुदैछ । एउटै राशि भएका दूइजना अहिले दमकका लागि चर्चाकापात्र भने बनेकाछन् ।



