बिष्णुप्रसाद पोखरेल

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भाषणमा खप्पिसछन् भनेर कसैले भनिरहनु पर्दैन । उनी ९ महिनामा सरकारमा रहेर बिकासमा एउटा नयाँ क्रान्ति ल्याए ।

उनले जति भाषण गरे, जति बिकासका सपना बाडे, जति नयाँ सम्भावानाका कुरा गरे त्यो नेपाली काँग्रेस र माओबादी केन्द्रका नेताले उडाए तथा मजाकको पात्र बनाए ।

तर जब स्थानीय तहको निर्वाचन हुने निश्चित भयो । तिनै मुद्धाहरुलाइ काँग्रेस र माओबादी केन्द्रका उम्मेदवारहरुले धमाधम घोषणापत्र आफ्नो सम्पतीको रुपमा लेख्न थाले । त्यो समयमा ओलीले केहि भाषणहरुमा भने पनि हिजो हावादारी भनेका बिषयहरु घोषणापत्रमा हालिएकोमा ।

काठमण्डौमा जित शुनिश्चित र पोखरामा जित हासिल भएपछि अब मान्छेको ध्यान गएको छ यहाँ कहिलेदेखि रेल चल्ला ? के साच्चिकै रेल कुद्छ त ?

नेपालमा बढिमा ५ बर्षभित्रमा मेट्रो रेल चढ्न नेपालीले पाउछन् त ? ओलीले यो आफूले कथा नभनेको र भन्दै पुरा हुने प्रतिबद्धता नै जनाएकाछन् । आफूलाइ बारम्बार रुपमा हावादारी भन्नेहरुलाइ नै रेल चढाएर हावा ख्वाउने उनको भनाइ दोरिरहेको छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यतिमात्र भनेकाछन् हिजो आफ्ना कुरालाइ हाँसोमा उडाउने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ मेट्रो रेलमा काठमण्डौ र पोखरा महानगर घुमाउने पनि बताइसकेकाछन्  ।

उनले पोखरामा शनिबार पुगेर अब पोखरा र काठमण्डौमा छुकछुके रेल नभएर सुलुलु कुद्ने रेल कुद्ने बताइसकेकाछन् । अब नेपालीहरुलाइ चासो भएको छ ओलीले देउवा र प्रचण्डलाइ राखेर रेलमा पोखरा र काठमण्डौ घुमाउला ? यो दिन देख्न पाइएला ?

रेलका थोत्रा डब्बाहरु हेर्नका लागि तछाडमछाड गर्ने हामीलाइ अझै पनि बिश्वास नलागेको भन्नेहरु त धेरैछन् । यस्तो अवस्थामा काठमण्डौ महानगरका घोषणा हुन बाँकी रहेका मेयर बिद्यासुन्दर शाक्यले ३ बर्षभित्रमा काठमण्डौ महानगरमा मेट्रो रेल कुद्ने र कुदाउने बताइसकेकाछन् । उनले चुनाव पछि भने यो प्रतिबद्धता जनाइरहेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah