काठमाडौं – नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।
आज छापवाला सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँ कायम नेपाल सुन चाँदी भएको व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाला सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
यसैगरी चाँदी प्रतितोला ५ रुपैयाँले बढेर एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



