नेपालको राजनीतिमा वर्तमान कांग्रेस सभापति शेरबहादुर देउवाको बिगतको राजनीतिक यात्रा सुखद छैन । नेपालमा पहिलो पल्ट सबै भन्दा ठुलो मन्त्री मण्डल गठन गरेर राजनीतिक बद्नामीको पहिलो ईनिङ यसैबाट शुरु हुन्छ । त्यसपछि नेपालमा सांसद किनबेचको राजनीति पनि यसैबाट शुरु हुन्छ ।
नेपाली कांग्रेस बिभाजन गरेर प्रधानमन्त्री ग्रहण गर्ने पनि देउवाको खातामा जोडिन्छ ।प्रधानमन्त्री पद जोगाउन दरवारमा लोकतन्त्र बुझाएको पनि यीनको खातामा जोडिन्छ । जसका कारण राजाले सत्ता हातमा लिए र जनताको अधिकार खोसे । त्यसकारण उनको बिगत हेर्दा नौ महिना सम्झौता उनले स्वभाव अनुसार नै प्रचण्डसग गरेका हुन ।
किन राजिनामा दिए प्रचण्डले ?
प्रचण्डले प्रधानमन्त्रीबाट राजिनामा दिए पछि एकाथरी मानिसहरुले उनलाई त्यागि ईमान्दारको संज्ञा दिएका छन् । तर नौ महिना पहिले देउवालाई पद सुम्पनका लागि भरपाई गरेर प्रचण्ड प्रधानमन्त्री बनेका थिए । देउवको कोटमा आफुुले नौ महिना पछि फिर्ता गर्छु भन्र्दै यीनले तमासुक हालिदिएका थिए । त्यसकारण सोही सत्ताको स्वार्थको भरमा छोडेका हनु । उनले सरकार छाड्न्मा देश र जनताालाई केही फरक परेको छैन । केवल फरक परेको भए देउवा र भारतलाई मात्र त्यो थाहा हुन्छ । किन कि यो सरकारले कुनै नयाँं कार्यक्रम ल्याएको छैन । यो नयाँं काम गर्नका लागि बनेको सरकार होइन भनेर प्रमुख प्रतिपक्ष एमालेले लगाएको आरोपमा सत्यता छैन भनेर भन्न कठिन छ ।
एमाले सरकार ढाल्न किन देउवाले च्यापेका थिए प्रचण्ड ?
बिगतमा ईतिहासमा सबै भन्दा राम्रो र असल काम गरेको एमालेको मनमोहन अधिकारीकारीको सरकार विरुद्ध अविश्वासको प्रस्ताव लाँंदा देउवा नेपाली कांग्रेस संसदीयदलका नेता थिए । त्यसबेला एमाले संसदमा सबै भन्दा ठुलो पार्टी थियो । त्यस भन्दा अघिल्लो सरकारमा महेश आचार्य अर्थमन्त्री थिए । तर त्यो सरकारको बजेट पञ्चायती व्यबस्थाले ल्याउने भन्दा फरक थिएन । त्यसले गाउँं छोएको थिएन । बृद्ध एकल महिला दलित छोएको थिएन ।
तर मनमोहन अधिकारीको नेतृत्वमा तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले ल्याएको बजेटले नेपालमा आािर्थक क्रान्तिको अवधारण नै अगाडि सारेको थियो । मनमोहन अधिकारीको नेतृत्वको सरकारले ल्याएको बजेटले एमालेका लोकप्रियता चुलियो । निर्वाचन हुँंदा एमालेको दुई तिहाई बहुमत आउने जस्तै देखियो । सत्ता बिना एक छिन पनि सरकारमा नबस्ने नेपाली कांग्रेसका लागि यो खपिनसक्नु थियो । एमालेलाई सत्ताबाट बिस्थापित गर्न पाए आफु प्रधानमन्त्री हुने योजनामा देउवा लागे। त्यसकारण एमालेको नौ महिने त्यति राम्रो सरकारलाई अनेक आरोप लगाएर अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।
एमाले अध्यक्ष केपीओली नेतृत्वमा बनेको निर्वतमा सरकारले पनि राम्रो काम गरेको थियो। देशमा लागेको नाकावन्दि हटाएको थियो । चीनसग ब्यापार तथा पारबाहन सन्धी गरेको थियो। एउटा मात्र देशको भर पर्ने पद्धतिलाई एमाले नेतृत्वको सरकारले समाप्त पारेको थियो ।
यो सबै देखेका सभापति देउवाका लागि सहिनसक्नु थियो । एकातिर एमालेका लोकप्रियता बढ्नु र अर्कोतिर एमाले र माओवादी केन्द्रको सहकार्य हुनुलाई उनले सत्ता राजनीतिबाट आफु सधैका लागि प्रतिपक्ष बेन्चमा बस्नु पर्ने महसुस गरेका थिए । त्यसैबेला सबै निर्वाचनमा एमाले र माओवादी केन्द्रको तालमेलको कुराले उनी माओवादी केन्द्रलाई एमालेबाट आफुतिर तानेर एमाले विरुद्ध मोर्चाबन्दी र घेरवन्दी गर्न चाहन्थे ।
सजिला प्रचण्ड !
नेपालका राजनीतिमा प्रचण्डलाई साना कुरामा पनि फकाउन सकिने नेताका रुपमा लिईन्छ । उनी त्यो सगै बेला बेलमा भावुक पनि हुन्छन । भावुक हुने मान्छेलाई फकाउन सजिलो हुन्छ । एमालेसग सत्ता समीकरण गरिरहेका उनलाई यहि देखेर देउवाले फकाउन सफल भए । स्थानीय निर्वाचनमा तालमेल गरेर एमाले रहितको नेपाल बनाउने अभियानका साथ देउवाले प्रचण्डलाई प्रधानमन्त्री दिएर फकाएका थिए । सोही अनुरुप अहिलेको स्थानीय निर्वाचनमा तालमेल भएको होइनन भनेर दावी गर्न सकिन्न ।
तलमेलको झड्का दुबै तिर , यस कारण खोसिदैछ कांग्रेसको पहिलो पार्टीको फुली
मओवादी केन्द्र र नेपाली कांग्रेसबीच भएको तालमेललाई धेरैले स्वभाविक मानेका थिएनन् । बिचारमा समेत एउटा कम्युनिष्ट र अर्को बुर्जवा। जनयुद्धकालमा माओवादीबाट मारिने पार्टीका नेता तथा कार्यकर्ता पनि नेपाली कांग्रेसका नै थिए । बिस्थापित हुदै हिजो माओवादीले गाउबाट लखेटिएका पनि उनीहरु नै थिए।माओवादी केन्द्र र नेपाली कांग्रेसबीच भएको तालमेल पनि स्थानीय तहमा कुनै झपडीमा कार्यकर्ता बसेर गरिएको थिएन। त्यो त बालुवटारमा सत्ताका लागि गरिएको भागबण्डा थियो।
त्यसैकारण देशको सबै भन्दा ठुलोे पार्टी र तेस्रो पार्टी एक साथ मिलेर लड्दा पनि उनीहरुका लागि एमाले भारी पर्यो। तालमेल भएका सबै ठाउमा गठबन्धनले हारको नमिठो स्वाद चाख्नु पर्यो। किन कि यी दुई शक्तिको तालमेल जनताले रुचाएनन्। अव यसैगरी तालमेल भईरहने हो भने नेपाली कांग्रेसको पहिलो पार्टी भन्ने फुलि जेठ ३१ गते बाट खोसेर एमालेले लगाउने छ ।नेपालपाटी
–



