काठमाडौं, १४ जेठ । एक साताभित्रै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री बन्ने करिब करिब टुङ्गो लागिसकेको छ ।

कांग्रेससँगको भद्र सहमति अनुसार नै पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजिनामा दिए पछि कांग्रेस शभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने छनक देखिएको हो ।

प्रचण्डको राजिनामा राष्ट्रपति विद्यादेवी भण्डारीले स्विकृत समेत गरिसकेकी छिन् । तर यो बीचमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सहमतिको सरकारको प्रस्ताव गरेको छ । संविधान जारी गर्दाका प्रमुख सारथीहरुवीच सरकारमा पनि साझेदारी हुनुपर्ने एमालेको जोड रहेको छ ।

एमालेले प्रधानमन्त्री दाहालको राजिनामा रोक्नको लागि लगातार व्यवस्थापिका–संसद बैठक नै अवरुद्ध गरेको थियो । प्रचण्डले संसदबाट नभई प्रधानमन्त्री कार्यालयबाट विशेष सम्बोधनमार्फत आफ्नो राजिनामा दिएका थिए ।

एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई नै निरन्तरता दिन चाहेको थियो । तर प्रचण्ड भने कांग्रेस सभापति देउवालाई नै अबको प्रधानमन्त्रीमा सहयोग गर्ने अठोटका साथ पदबाट राजिनामा दिए ।

पछिल्लो समय एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टी यतिवेला राष्ट्रिय सहमतिको सरकार गठनको पक्षमा रहेको सार्वजनिक अभिव्यक्ति दिए लगत्तै राजनीतिक वृतमा अर्कै तरङ्ग फैलिएको छ ।

र, यो बीचमा ओलीले प्रधानमन्त्री प्रचण्डसँग बाक्लो तथा गहिरो सम्बाद गरिरहेका छन् ।  प्रचण्ड र ओलीको गोप्य वार्ताले देउवा तनाबमा परेको चर्चा पनि कांग्रेसका नेताहरु बिच हुने गरेको छ । प्रचण्डलाई प्रधानमन्त्री बनाएर राख्नको लागि ओलीजीले जस्तोसुकै अस्त्र प्रयोग गर्ने बुझिएको छ।’

ओलीको बुझाईमा प्रचण्ड नै प्रधानमन्त्री भए दोस्रो चरणको निर्वाचनपनि समयमै सम्पन्न हुने र मधेशी मोर्चाको माँग सम्बोधन गर्नेगरि संविधान संशोधनमा आफूले सघाउनेसम्मको प्रस्ताव प्रचण्डसामू तेर्साएका छन् । तर प्रचण्ड अहिले नै ओलीको प्रस्तावमा सहमत भने भएकाछैनन् स्रोत भन्छ ।

पछिल्लो समय कांग्रेस र माओवादी केन्द्रवीच यस्तो बलियो गठनबन्धन बनेको छ कि जो कसैलेपनि तोड्न नसक्ने देखिएको छ । त्यसैले एमाले अध्यक्ष ओलीले भने जस्तोगरी प्रचण्ड लाइनमा आउने संभावना नि उतिकै कम देखिएको छ।

स्रोतका अनुसार यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनमा देउवालाई प्रधानमन्त्री बनाएपनि यदि निर्वाचन सम्पन्न गर्न नसके देउवालाई तुरुन्तै हटाएर वामपन्थी गठबन्धनवीच नयाँ सरकार गठन गर्नेबारे भने प्रचण्ड र ओलीवीच आन्तरिक रुपमा वृहत सहमति भएको छ ।

स्रोतका अनुसार ‘देउवा प्रधानमन्त्री भएको सय दिन पुग्न नपाउँदै देउवालाई ढालेर वामपन्थीहरुको सरकार बनाउने रणनीतिमा प्रचण्डपनि देखिएका छन् । प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले भने,‘अहिले नै हामी देउवाजीलाई धोका दिन्नौं, जेठ ३१ गतेको निर्वाचन उहाँले सम्पन्न गर्न सक्नुभएन भने अर्को सरकार बन्छ, यसको अर्थ हो नेतृत्व परिवर्तन हुन्छ।’

देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्न सके स्थानीय तहको निर्वाचनमा मात्रै नभएर प्रदेश, केन्द्रिय संसदको निर्वाचनसम्म आफ्नो पार्टीलाई पहिलो पार्टी बनाउने रणनीतिमा ओली कस्सिएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah