भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना भइरहेका बेला राति एक्कासी दुई पक्षबीच भएको विवादले मतपत्र नै च्यातिएपछि त्यहाँ अब के हुने भन्ने अन्योल सुरु भएको छ ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गरेर अनिश्चितकालसम्मका लागि मतगणना स्थगित गरेपछि अब के हुने भन्ने अन्योल सुरु भएको हो ।
मतगणना जारी रहेका बेला माओवादी कार्यकर्ताले मतपत्र च्यातेको एमालेका मेयर उमेदवार देवी ज्ञवालीले बताए । मतपत्र च्यातेको र होहल्ला गरेको आरोपमा प्रहरीले माओवादीका दुई र एमालेका एक कार्यकर्तालाई पक्राउ गरेको छ ।
कति मतपत्र च्यातियो भन्ने ऐकिन नभए पनि एक सय बढी मतपत्र च्यातिएको अनुमान निर्वाचनमा अधिकृतको कार्यालयले जनाएको छ ।
अब के हुन्छ ?
निर्वाचन आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माका अनुसार अब के गर्ने भन्ने निर्वाचन आयोगको बैठक बसेर मात्रै निर्णय लिन सकिने बताए ।
उनले भने, “अहिले नै यसै गर्ने भनेर भन्न सकिने अवस्था छैन । त्यहाँको अवस्था सबै बुझेर निर्वाचन आयोगको बैठकले उचित निर्णय लिनेछ ।”
कानुनले के भन्छ ?
स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार कसैले बल प्रयोग गरी वा डर त्रास देखाई वा धम्की दिई मतगणनास्थललाई आफ्नो कब्जामा लिई मतगणनाको कार्यमा प्रभाव पारेमा, मतपत्र खोसेमा, मतगणनास्थलको अनधिकृत कब्जा भएमा निर्वाचन अधिकृतले मतगणनाको कार्य तत्काल स्थगित गरी त्यसको प्रतिवेदन निर्वाचन आयोगलाई दिनुपर्नेछ ।
निर्वाचन आयोगले घटनाको जाँचबुझ गर्नुपर्ने ठहर्याएमा आयोगको आयुक्त वा अनुमगन टोली खटाई जाँचबुझ गराउन सक्ने कानुनी व्यवस्था छ ।
जाँचबुझ समितिले अनधिकृत तवरले कब्जा भएको भन्ने ठहर्याएमा सम्पूर्ण मतपत्रहरु अवैध घोषित गरी मतदान रद्द गर्न सक्ने व्यवस्था छ ।
मतदान रद्द गरिएको मतदान केन्द्रमा पुनः मतदान हुने पनि ऐनमा उल्लेख छ ।
हेरौं, कानुनी व्यवस्था



बाह्खरीबाट



