मतगणना भइरहेको अवस्थामा मतपत्र नै च्यात्ने र जवरजस्ती गर्नेलाई एकलाख रुपैयाँ जरिबाना र २ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।
निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा १६ मा भनिएको छ, ‘कसैले पनि निर्वाचनको मतगणना भइरहेको अवस्थामा मतपेटिका वा मतपत्र वा निर्वाचन सम्बन्धी अन्य कुनै पनि कागजपत्र बल प्रयोग गरी वा नगरी खोस्न, लुट्न, बिगार्न वा कुनै किसिमले नोक्सान गर्न वा निर्वाचन अधिकृतको अनुमतिबिना मतगणनास्थलबाट अन्यत्र लैजान हुँदैन ।’
उपदफा २ मा भनिएको छ, ‘उपदफा (१) विपरीतको कार्य गर्ने व्यक्तिलाई एकलाख रुपैयाँसम्म जरिबाना वा दुईवर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ ।’
बाह्खरीबाट



