दाङमा हालसालै नयाँ रिसोर्ट खुलेको छ- कविला रिसोर्ट।

यो रिसोर्टसँगै जोडिएका छन् थारू बहुल क्षेत्र दाङका सात प्रतिष्ठित नाम।

खोपीराम चौधरी घोराही उपमहानगरपालिका-७ का वडाध्यक्ष हुन्। खड्ग चौधरी सिभिल इञ्जिनियर, केबी चौधरी महेन्द्र बहुमुखी क्याम्पस भरतपुर घोराहीका प्राध्यापक, अशोक चौधरी र विकास चौधरी लामो समय गैरसरकारी संस्थाहरूमा काम गरेका व्यक्ति। त्यस्तै कृष्ण चौधरी युएनमा जागिरे छन्। भुवन चौधरी एमफियल (मास्टर्स इन फिलोसोपी) हुन्।

दाङमा भर्खरै खुलेको कविला रिसोर्ट उनीहरूकै लगानीमा खुलेको हो।

रिसोर्ट घोराही उपमहानगरपालिका-१६ स्यानी अम्बापुरमा भएको यो रिसोर्ट पुग्न बजारदेखि तीन किलोमिटर पश्चिमतिर जानुपर्छ।

दाङका दुई उपमहानगरको हल्ला र व्यस्त दैनिकीबाट शान्ति खोज्दै हिँड्ने मानिसहरूलाई लक्षित गरी रिसोर्ट सञ्चालन गरिएको प्रबन्धक अशोक चौधरीले बताए।

यति लामो लकडाउनपछि खोलेको रिसोर्टमा अहिले नै पाहुनाहरू आएका छन्।

रिसोर्टमा स्थानीय थारू परिकारहरू गंगटा, स्थानीय खोलामा पाइने माछा, ढिर्की, घोङी, लोकल भालेको मासु, सुंगुर, बंगुरको मासु खान पाइन्छ।

रिसोर्टले गंगटा, माछा, घोङी स्थानीय थारु समुदायका मानिसलाई स्थानीय खोला नालामा मार्न लगाएर खरिद गरिरहेको छ।

बजारमा किन्न पाइने विभिन्न जंक फुडको सट्टा स्वास्थ्यवर्द्धक स्थानीय परिकारको बजारीकरण गर्नुपर्छ भन्ने सोचका साथ यी परिकारहरू बनाइएको प्रबन्धक चौधरीले बताए।

‘यसले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न र चौधरी समुदायको खानालाई बजारीकरण गर्न सघाउने हाम्रो विश्वास छ,’ उनले भने।

त्यसमाथि कोरोना भाइरसको महामारीमा निराश बनेका युवालाई आश जगाउने काम पनि यसले गरोस् भन्ने उनीहरूको चाहना छ।

रिसोर्ट सञ्चालक समितिका अध्यक्ष केबी चौधरीका अनुसार स्थानीय स्तरमै सम्भावना छ भनेर देखाउनका लागि रिसोर्ट सञ्चालन गर्ने उनीहरूको योजना भने एक वर्षअघिकै हो।

कम्पनी प्रालिमा दर्ता गरेर २०७६ साल असोजदेखि रिसोर्ट निर्माण थालिएको भए पनि कोरोना र लकडाउनका कारण काममा ढिलाइ भएको हो।

‘हाम्रो प्रयासले समग्र युवाहरूमा सम्भावना खोज्न प्रेरित गर्नेछ,’ अध्यक्ष चौधरीले भने, ‘पछाडि परेको थारू समुदायका युवाहरूमा त झनै आत्मबल र विश्वास थप्ने विश्वास छ।’

रिसोर्टमा हाल ९ जना स्थानीय युवा-युवतीले काम पाएका छन्।

‘हामीले रिसोर्ट सञ्चालन गरेको दुई दिनमात्रै भयो। यो अझै पूर्णरूपमा सञ्चालनमा आएको छैन। निर्माणको काम पनि चलिरहेको छ,’ चौधरीले भने ‘यो पूर्णरूपमा सञ्चालनमा आएमा थप युवा युवतीले काम पाउने छन्।’

रिसोर्टभित्रै तीन सय जति मानिस अटाउने ‘मल्टी प्रपोज ब्याङ्क्वट’ हल पनि निर्माण भइरहेको छ। त्यसलाई आवश्यकता अनुसार थियटरका रूपमा प्रयोग गर्न सकिने र नाटकहरू प्रदर्शन गर्ने सोच उनीहरूको छ। विवाह, पार्टी, मिटिङ र ट्रेनिङ पनि सञ्चालन गर्न सकिने चौधरीले बताए।

रिसोर्ट ६ कठ्ठा बढी क्षेत्रफलमा फैलिएको छ। सात जनाले यो जग्गा किनेर उनीहरूले रिसोर्ट सञ्चालन गरेका हुन्।

जग्गासहित जोड्दा रिसोर्टमा दुई करोड खर्च भइसकेको अध्यक्ष केबी चौधरीले बताए। रिसोर्टसँग यी सात जनाका अनेक उद्देश्य र सपना जोडिएका छन्।

आगामी पिँढीलाई व्यापार गर्न सिकाउनु नै आफूहरूको उद्देश्य रहेको रिसोर्टका प्रबन्धक चौधरी बताउँछन्।

भविष्यमा रिसोर्टसँग इन्टरलिंक गरेर माछा पालन, बंगुर पालन, कुखुरा पालन, घोङी पालन, गंगटा पालन गर्ने उनीहरूको योजना छ।

त्यसका साथै थारू समुदायले परापूर्वककालदेखि लगाउने अन्नबालीहरूको खोजी गरेर त्यसको खेती गर्न लगाउने सोच रहेको अशोकले बताए।

‘आफ्नो लागिमात्रै हो भने मज्जाले जागिर खान सकिन्छ। मैले पनि १५ वर्ष जति एनजिओमा जागिर खाएँ,’ प्रबन्धक चौधरीले भने ‘तर, कति अरूको काम मात्रै गरिरहने? व्यवसाय गरेपछि त्यो आफ्नो काम हुन्छ र यहाँबाट अरूका लागि समेत रोजगारी सृजना गर्न सकिन्छ।’

रोजगारी सृजना गरेपछि आर्थिक उपार्जन हुनुका साथै स्थानीय उत्पादनहरूलाई समेत चिनाउन तथा बजारीकरण गर्न सघाउने उनको जिकिर छ।

‘हामीजस्ता उच्च शिक्षा हासिल गरेका व्यक्तिहरूको कर्म आफ्नोमात्रै हित हेर्नु भन्दा समग्र समाजको लागि केही गर्नुपर्छ भन्ने हो,’ चौधरीले थपे, ‘त्यही सोचका साथ हामी सात जना साथीहरूले सल्लाह गरेर यो रिसोर्ट सुरू गरेका हौं।’

भविष्यमा केही गर्न चाहने युवाहरूका लागि कृषि ज्ञान, सीप र अध्ययन केन्द्रका रूपमा रिसोर्टलाई विकास गर्ने उद्धेश्य रहेको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah