बिपिपि/दमक
अहिले सबैलाइ चुनावको चटारो छ । झापाको दमकमा प्रमुख राजनीतिक दलदेखि लिएर भर्खरै खुलेका पार्टीहरुसम्म चुनावी मैदानमा रहेकाछन् ।
प्रायजसो सबै राजनीतिक दलहरुले मेयर तथा उपमेयर सहितका पदहरुमा उम्मेदवारी घोषणा गरिसकेकाछन् भने जनताको घरदैलोमा जान शुरु गरेकाछन् ।
उम्मेद्वारहरुलाइ भ्याइनभ्याइ नै रहेको छ । यस्तो अवस्थामा उम्मेदवारहरुको भोट माग्ने क्रममा जम्काभे्ट समेत हुने गरेको बताइन्छ । दलबलसहित चुनावी प्रचार शुरु भएको छ ।
दमकमा आइतवार एक कार्यक्रममा प्रमुख राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले र माओबादी केन्द्रका मेयरका उम्मेद्वार एकै ठाँउमा बसेको देख्न पाइएको थियो ।
सार्वजनिक कार्यक्रममा नेपाली काँग्रेसका मेयरका उम्मेदवार ढुण्डिराज भण्डारी, नेकपा एमालेका मेयरका उम्मेदवार रोमनाथ ओली र काँग्रेसका उम्मेद्वार ढुण्डिराज भण्डारी सहितका अन्य उम्मेद्वारहरु समेत रहेका थिए ।



