बिपिपि

यतिखेर बिश्वको ध्यान भरतपुरमा रहेको छ । भरतपुर महानगरको मतगणना रोकिएको अवस्था रहेको छ ।
नेपाली काँग्रेस र माओबादी फेरी बिबादित वडामा निर्वाचन गर्नुपर्ने बताउदै आएकाछन् भने यसलाइ एमालेले अस्वीकार गरेको छ ।

५ मतपत्र च्यातिएकाछन् तर फेरी चुनाव गर्नुपर्छ भन्ने भनाइलाइ सामाजिक सञ्जालहरुमा काँग्रेस र माओबादीको चर्को आलोचना भएको छ । आफै मतपत्र च्यातेर निर्वाचनको माग गरिएको भन्दै आक्रोश पनि चुलिदो रहेको छ ।

माओबादी र काँग्रेस गठबन्धनकी उम्मेद्वार महिला नेतृ प्रचण्पूत्रि रेणु दाहाल नेकपा एमालेका उम्मेदवार देबी ज्ञवालीभन्दा करिब ७ सय मतान्तरमा पछि रहेकीछन् ।

अब केहि हजारमात्र मत गन्न बाकी रहेकाले हार्ने निश्चित भएर यस्तो हर्कत गरेको एमालेको आरोप छ । माओबादीकी रेणु दाहालले भने आफूले जित्ने भएकाले यो षडष्न्त्र भएको बताएकीछन् ।

भरतपुरमा सोमबार बिहान अहिले नेकपा एमालेका कार्यकर्ताहरु सडकमा निस्किएकाछन् । हजारौको संख्यामा सडकमा आएर बिरोध जनाउन शुरु गरेकाछन् ।

उनिहरुले मतगणना शुरु गर्न र मेयरका उम्मेदवार देबी ज्ञवालीलाइ न्याय दिन माग गरेकाछन् ।

भरतपुरमा तनाव हुन सक्ने भएकाले उच्च सुरक्षा शर्तकता अपनाइएकाृे छ । घटनाको बिरोधमा जनमानस सडकमा आएपछि धेरैको संख्यामा सुरक्षाकर्मीहरुलाइ पनि सडकमा उतारिएको छ ।

नेकपा एमालेका केन्द्रिय नेता सहितले बिरोधसभालाइ सम्बोधन गर्ने तय भएको नेकपा एमाले चितवनले जनाएको छ ।

भरतपुरका बासिन्दाहरु अब के होला ? भनेर चिन्तामा रहेकाछन् ।

दूइपक्षबीच भिडन्त र तनावको अवस्था आउन सक्ने भएकाले त्रसित पनि रहेकाछन् । स्थानीय प्रशासनले भने डराउनु पर्ने अवस्था नरहेको बताउदै आएको छ ।

निर्वाचन आयोगलाइ बनाएको छानबिन समिति मतगणनास्थल पुगिसकेको छ ।

उसले गरेको निर्णयको आधारमा आयोगले आफ्नो धारणा सार्वजनिक गर्नेछ ।

एमालेले पुन मतदानलाइ अस्वीकार गर्ने जनाइसकेको छ ।

अब भरतपुरमा के होला ? आम नागरिकको ध्यान यहाँ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah