सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गरेकी छन् ।

सोमवार बिहान करीब ९ बजेतिर प्रचण्डनिवास खुमलटार पुगेर यान्छीले आधा घण्टाजति भेट गरेकी हुन् ।

भेटघाटमा चाडपर्वको शुभकामना आदानप्रदान, द्विपक्षीय सम्बन्ध र चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’को तेस्रो संस्करण किताबबारे छलफल भएको प्रचण्डको सचिवालयले लोकान्तरलाई बतायो ।

सत्तासिन दल नेकपाभित्र विवाद चुलिएको अवस्थामा चिनियाँ राजदूत यान्छीको सक्रियतालाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।

केही दिनअघि यान्छीले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेट गरेकी थिइन् ।

नेपाली राजनीतिक वृत्तमा यान्छीको सक्रियतालाई नेपालमाथि चीनको हस्तक्षेपका रूपमा चित्रित गर्ने गरिएको छ । तर केही दिनअघि नेकपाको विवाद मिलाउन चिनियाँ राजदूतको सक्रियता बढेको हो भन्ने प्रश्नमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाको आन्तरिक मामिलामा कुनै देशको राजदूतलाई जोड्न नहुने प्रतिक्रिया दिएका थिए ।

आगामी मंसिर १४ गते चिनियाँ रक्षामन्त्री वेई फेङ्हे नेपाल भ्रमणमा आउँदैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah