धरान– ६ स्थित पानबारीमा नेपाली कांग्रेसका कार्यकर्ता र एमाले कार्यकर्ताबीच झडप भएको छ । चुनाव प्रचारप्रसारका क्रममा दुवै पार्टीका कार्यकर्ताबीच भएको झडपमा एमालेका दुईजना र नेपाली काँग्रेसका एक जना कार्यकर्ता घाइते भएका छन् ।

एमालेका निराजन थापामगर र अशोक लुङगेलीमगरका टाउको चोट लागेको छ भने नेपाली काँग्रेसका प्रकाश कुँवर घाइते भएका छन् ।

सोमबार एमालेले धरान ६ स्थित स्कुलडाँडामा चुनावी प्रचारका लागि सांस्कृतिक कार्यक्रम राखेको थियो । सांस्कृतिक कार्यक्रममा एमाले सुनसरीका सदस्य भीम राई ज्वालाले मन्तब्यका क्रममा काँग्रेस गुण्डाहरुको पार्टी भनेपछि विवाद शुरु भएको काँग्रेस ६ नम्बर वडा सभापति प्रेम पौडेलले बताउनुभयो ।

यता, एमालेका जिल्ला सदस्य भीम राईले पार्टीलाई गुण्डाहरुको पार्टी नभनेको बताउनुभयो । आफूले पश्चिम नेपालमा काँग्रेसले एमालेमाथि गुण्डागर्दी शैलीमा आक्रमण गरिरहेको कुरा मात्र बोलेको बताउनुभयो ।

घाइतेहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढकेन्द्र खतिवडाले बताउनुभयो । घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई कारवाही अघि बढाइने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah