काठमाडौं । सहमतीय सरकारका लागि नेपाली काँग्रेसले जनाएको अग्रसरतामा प्रमुख प्रतिपक्षी एमालेले असहमति जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको समय बुधबार सकिंदै गर्दा तातेको काँग्रेसलाई एमालेले प्रत्यक्ष रुपले असहयोग गरेको हो ।

काँग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार बोलाएको सर्वदलीय बैठकमा एमाले उपस्थित भएन ।  संसद भवन बानेश्वरमा बोलाइएको भेलामा एमाले नगएको हो ।

एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले काँग्रेसको निमन्त्रणा पाए पनि सो निमन्त्रणामा काँग्रेसको नेतृत्वमा बन्न लागेको सहमतीय सरकारका लागि छलफल भनी बोलाएकाले नगएको बताए ।

उनले भने, ‘एमालेले राष्ट्रिय सहमतिको सरकार भन्दै आइरहेको छ, जसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने हो पहल गरौं भनिरहेको छ, यस्तो अडान राखिरहेका बेलामा काँग्रेसको नेतृत्वका लागि एमाले जाँदैन ।’

उनले हाम्राकुरासंग अगाडि थपे, ‘काँग्रेसलाई सघाउने पार्टीहरुमात्र बैठकमा गएका हुन्, त्यस्तो बैठकमा एमाले जाँदैन ।’

ढकालले राष्ट्रिय सहमतिको सरकार गठनका लागि भनी आब्हान गरिएको भए जान सकिन्थ्यो भने ।

अब एमालेले के गर्छ त भन्ने प्रश्नमा ढकालले ‘अस्तित्वमा रहन केही त गरिन्छ’  भने । उनले थपे, ‘केही पनि गरिएन भने एमालेलाई काँचै खाइन्छ, त्यसैले केही त पक्कै गरिन्छ ।’

काँग्रेस नेतृत्वको सरकारमा जान के आपत्ति त ? भन्ने प्रश्नमा उनले भने, ‘राष्ट्रिय सहमतिको कुरा आइरहेका बेलामा कसैको पछि लागेर गइँदैन ।’

गत बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएपछि राष्ट्रपति भण्डारीले सहमतीय सरकारका लागि सात दिनको समय दिएकी थिइन् । गत साउनमा काँग्रेससंग गठबन्धन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार बनाएका थिए । भद्र सहमति अनुसार उनको कार्यकाल ९ महिनाको मात्र थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah