चितवनको भरतपुर महानगरपालिकामा रोकिएको मतगणना तत्काल सुरु गर्न माग गर्दै नेकपा एमाले चितवनले धर्ना सुरु गरेको छ । भरतपुरको पुलचोकबाट सुरु भएको विरोध ¥र्याली पछि भरतपुर महानगरपालिकाको मतगणना स्थल जिविस चोकमा पुगेका धर्ना सुरु भएको हो ।

माओवादी केन्द्रका मतगणना प्रतिनिधिले आइतबार राति मतपत्र च्यातेपछि रोकिएको मतगणना फेरि सुरु गर्न माग गर्दै एमाले चितवनले मंगलबार बिहानदेखि धर्ना सुरु गरेको छ ।

एमाले चितवनका अध्यक्ष एवम सांसद कृष्णभक्त पोखरेल, मेयर उम्मेद्वार देवी ज्ञवाली, उपमेयर उम्मेद्वार दिव्या शर्मा, एमाले प्रदेश सदस्य विजय सुवेदी ,पूर्व मन्त्री केशवलाल श्रेष्ठ लगाएतको नेतृत्वमा नेता तथा कार्यकर्ता धर्नामा बस्नु भएको छ ।

धर्ना सुरु हुनुअघि भएको सभामा एमाले चितवनका अध्यक्ष पोखरेलले मतगणना तत्काल सुरु गर्नु पर्ने र कसैले फेरि मतदान गर्ने सपना देखेको भए त्यो दिवा सपना मात्रै हुने बताउनुभयो । धर्नामा बसेका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्न महासचिव ईश्वर पोखरेल दिउँसो चितवन आउने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah