https://youtu.be/QEmbXwuNNJg
नेकपा एमालेको केन्द्रीय नेतृत्वले भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । मंगलबार मध्यान्ह निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेको टोलीले विभिन्न बहानामा मतगणना सुचारुमा विलम्ब नग
र्न आग्रह गरेको हो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, सचिव प्रदिप ज्ञवाली, केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठ लगायताका नेता निर्वाचन आयोग पुगेका थिए । टोलीले आयोगका पदाधिकारीलाई भेटी मतगणनाको विकल्प नभएको जनाएको छ ।
सत्तारुढ दलका नेताहरुको संलग्नतामा नियोजित रुपमा मतपत्र च्यातिएकाले उक्त मतपत्र खामबन्दी गरेर राखी मतगणना अधि बढाउन एमालेले आयोगलाई आग्रह गरेको छ । भेटपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आयोगका पदाधिकारी नै गएर अनुगमन गर्नुपर्ने ठाउँमा कर्मचारी पठाएर गल्ती गरेको बताए । उनले भने ‘हामी कर्मचारीले दिएको प्रतिवेदन स्वीकार गर्दैनाैँ ।’
नेता नेम्वाङले भने ‘पुनः मतदान मानिँदैन, जति मतपत्र च्यातिएको छ, त्यसलाई सिल गर्नुस् बाँकी गणना गरेर मतपरिणाम सार्वजनिक गर्नुस भनेर आयोगलाई भन्यौ ।’ उनले निर्वाचन आयोगका पदाधिकारीलाई कर्मचारीको अनुगमन टोलीले दिने प्रतिवेदन एमालेलाई मान्य नहुने प्रष्ट पारेको बताए । उनले नेताहरुले मतपत्र च्यात्ने र योजना बनाउने तथा निर्देशन दिने काम सत्तापक्षबाट भएकाले सरकारी कर्मचारीको नेतृत्वमा गठित अनुगमन टोलीको प्रतिवेदन आफूहरुलाई मान्य नहुने बताए ।
नेम्वाङले भने ‘सिंगो सत्तापक्ष मिलेर एमालेविरुद्ध प्रतिस्पर्धामा आए र मतपत्र च्यात्ने व्यक्तिका रुपमा सत्तापक्षका दलका कार्यकर्ता गिरफ्तार भएका छन् । सत्तापक्षको योजनामा त्यो घटना भएकाले निर्वाचन आयोग आफैं अग्रसर हुनुपर्छ, सरकारी कर्मचारीमाथि सत्तापक्षको दबाब स्वतः पर्छ । त्यसैले उसको प्रतिवेदन मन्दैनौँ । एमालेले भारतपुरमा पुनः मतदान मान्य नहुने समेत निर्वाचन आयोगलाई जानकारी गराएको छ ।



