नेपालमा आज सुनको मूल्यमा पाँचसयले वृद्धि भएको छ । छापावाला सुन मंगलबारको तुलनामा प्रतितोला पाँचसयले वृद्धि भएर ९१ हजारमा कारोवार भएको छ ।
छापावाला सुन मंगलबार प्रतितोला ९० हजार ५०० रुपैयाँमा मा कारोवार भएको थियो । सोमबारको तुलनामा आजसम्म आइपुग्दा पहेँलो धातुको मूल्य प्रतितोला एक हजारले वृद्धि भएको छ ।
यस्तै तेजाबी सुनसमेत आज प्रतितोला ५०० ले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । प्रतितोला ९० हजार ५० रुपैयाँमा मंगलबार कारोवार भएको तेजाबी सुन आज भने ९० हजार ५५० मा कारोवार भएको छ ।
यस्तै चाँदी आज प्रतितोला एक हजार १८५ मा कारोवार भएको छ । चाँदी प्रतितोला एक हजार १५५ रुपैयाँमा मंगलबार कारोवार भएको थियो । चाँदी प्रतितोला ३० रुपैयाँले वृद्धि भएको छ ।



