बिष्णुप्रसाद पोखरेल
सरकारले मध्य बर्षामा निर्वाचन गर्ने निश्चित देखिएको छ । असार १३ र १४ गतेमध्ये एकदिन सम्भवत आज बुधबार सकारले पुन नयाँ मिति तोक्ने सम्भावाना छ ।
बारम्बार चुनावको मिति सार्दा र मध्य बर्षामा चुनाव हुने भएपछि यसको सामाजिक सञ्जालमा तिब्र रुपमा आलोचना भइरहेको छ । सरकारको गाइजात्रा भनेर आलोचना भइरहेको छ ।
कतिले घुम ओडेर मतदान दिन जानु पर्ने बताएकाछन् कतिपयले असार १५ को दहि चिउरा खाएर जाने भनेर आलोचना गरिरहेकाछन् । जेठ ३१ गते तोकिएको दोश्रो तहको स्थानीय तह निर्वाचन सारेर असार ९ गते गर्ने केहि दिनअघिको मन्त्रि परिषदकोे निर्णय रहेको थियो ।
अब फेरी नयाँ मिति सार्ने कसरत अन्तिम अवस्थामा पुगेको छ । निर्वाचन आयोगले प्रेस बिज्ञप्ति जारी गरेर नै मिति सार्नका लागि सकारत्मक रहेको उल्लेख गरिसकेको छ । निर्वाचन सर्ने त निश्चित छ तर मिति कहिले भन्ने निश्चित नभएको बालुवाटार श्रोतको भनाइ छ ।
उम्मेदवारहरुको एकातिर खर्च बढ्याबढ्यै छ अर्कातिर अन्योलता कायम रहेको छ । उम्मेदवार र पार्टीभित्र आन्तरिक समस्याले गाँजेको छ । यस्तो अवस्थामा निर्वाचन सार्दा न स्थानीय पार्टीहरुलाइ फाइदा पुग्ने देखिन्छ न त यसका उम्मेदवारहरुलाइ नै राम्रो होला ।
यस्तो अवस्थामा नतिजा पनि कस्तो आउला भनेर कौतुहलता रहेको छ । तर त्यो भन्दा बढि मध्य बर्षामा कसरी मतदान हुन सक्ला ? यो चिन्ता धेरैमा छ । यदि मध्य बर्षामा निर्वाचन हुने नै हो भने प्रत्येक मत दातालाइ एकथान छाता आवश्यक पर्छ त्यो दिन तयार हुनु पर्छ ।
बर्षाद्मा निर्वाचन भएको अवस्थामा अब जेष्ठ नागरिकहरुलाइ मतदान केन्द्मा कसरी लैजाने भन्ने पनि उम्मेदवारहरुले मतदातालाइ जवाफ दिन सकेका छैनन् । उनिहरु पनि नाजवाफ रहेकाछन् ।
मतदाताहरुले अब उम्मेद्वारसंग छाता माग गरे भने दिन सक्लान ? कि निर्वाचन आयोग या सरकारले छाताको ब्यवस्था गर्न सक्ला त ? प्रत्येक मतदाताले छाता पाउलान !



