कागती आकारमा जति सानो देखिन्छ, यसबाट हुने लाभ उति नै ठूलो छ । यो फल स्वादमा अमिलो भए पनि साह्रै गुणकारी पनि छ । आउनुहोस् जानी राखौं कागतीका केही फाइदाहरु :
१.कृमि रोग : १० ग्राम कागतीको पातको रस र १० ग्राम मह मिसाएर सेवन गर्नाले १०–१५ दिनमा हाम्रो पेटमा रहेका हानिकारक किरा वा किटाणु मर्छन् । कागतीको गेडा सुकाएर तयार पारिएको पीठो सेवन गर्नाले पनि पेटको किरा मार्न सकिन्छ ।
२ टाउको दुखाइ : कागतीको पातबाट रस तयार पारेर मज्जाले सुँघ्नुहोस् । यसो गर्नाले सधैं टाउको दुखिरहने व्यक्तिले समेत आराम महसुस गर्न सक्छन् ।
३.नाकबाट रगत बगे : ताजा कागतीको रस निचोरेर नाकमा छर्किदिए रगत बग्न तुरुन्त बन्द हुन्छ ।
४.तीर्खा : यदि कसैलाई पटक पटक तीर्खा लागिरहने हुन्छ भने कागती चुस्नुपर्छ । यसो गर्दा तीर्खा लाग्ने समस्याबाट छुटकारा पाउदछ । कडा ज्वरो आएको समयमा पनि यो आइडिया प्रयोग गर्न सकिन्छ ।
५.विकार : एक चिम्टी हीङ कागतीमा मिसाएर चुस्नाले विकार रोगबाट लाभ हुन्छ ।
६.दाँत वा गिजाको दुखाइ : दाँत दुखेमा कागतीलाई चार टुक्रा पार्नुहोस् । अब त्यसमाथि अलिकति नून छरेर सबै टुक्रालाई आगोमा सेकाउनुहोस् । त्यसपछि एक एक टुक्रा गरेर दुखेको दाँत वा गिजामा च्याप्नुहोस् अथवा चुस्नुहोस्,तपाईले राहत महसुस गर्नुहुनेछ । यस्तै कागती पानीले मुख कुल्ला गर्नाले पनि आराम हुन्छ ।
७. बाडुली लागेमा : १ चम्चा कागतीका



